2026-10-15 09:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

सडक खन्न अवरोध गर्नेलाई सार्वजनिक अपराध मुद्दा

फागुन १, धादिङ | धादिङबेंसी–तिप्लिङ सडकअन्तर्गत खनियाबास–२ मा सडक खन्न अवरोध गर्नेहरुलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक अपराधअन्तर्गत मुद्दा दर्ता गरेको छ । 

सोमबार सडक खन्ने क्रममा सो क्षेत्रमा गाउँबासी र सुरक्षाकर्मीबीच सामान्य झडप भएपछि सडक खन्न अवरोध गर्दा विकासको काममा अवरोध गर्न नदिइने जनाउँदै प्रहरीले पाँच जनालाई झर्लाङबाट पक्राउ गरेको थियो । अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयले सार्वजनिक अपराध मुद्दा दर्ता गरी कारबाही अघि बढाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ध्रुवराज राउतले बताउनुभयो । 

धादिङबेंसी–तिप्लिङ ५७ किमी सडकमध्ये डुण्डुरेदेखि तिप्लिङसम्म रु २२ करोडको लागतमा २९ किमी सडक खन्न आरके कन्सट्रक्सन नामक ठेकेदारमार्फत काम हुँदै आएको छ । एक महिनाअघिदेखि गाउँबासीले जिल्लाको सामरिक महत्वको सडक बनाउँदा गाउँबाट लानुपर्ने माग गर्दै आएका छन् । 

सडक डिभिजन कार्यालयले दुई वर्षअघि गरेको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर)अनुसार नेत्रावती नदी छेउबाट सडक खन्नुपर्नेछ । जिल्ला सुरक्षा समितिको बैठकले विकासका काममा अवरोध गर्न नइिदने र सुरक्षा प्रबन्ध गरी डिपिआर भएकै स्थानबाट सडक खन्न सुरक्षा प्रदान गरिने निर्णय भएपछि सडक निर्माणस्थलमा सशस्त्र र नेपाल प्रहरी परिचालन गरी सडक खन्ने काम भइरहेको छ । 

गाउँबाट लाने भन्ने गाउँबासीको माग र डिपिआर गरिएको स्थानबाटै सडक खन्नुपर्ने भन्ने सडक डिभिजन कर्यालयको निर्णय भएकाले सडक खन्नका लागि विवाद आएको बताउँदै झर्लाङ निवासी मंग तामाङले गाउँबासीको भनाइअनुसार गाउँबाटै सडक खन्नुपर्नेमा जोड दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने