2026-09-19 09:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

नेका क्षेत्र नम्बर २ को सभापतिमा भुसालको उम्मेद्धारी घोषणा

dang 1सन्तोषकुमार गुप्ता/ माघ १९, भालुवाङ्ग । नेपाली काँग्रेस दाङ्ग क्षेत्र नम्बर २ को क्षेत्रिय सभापतिका लागि हरिप्रसाद भुसालले उम्मेद्धारी घोषणा गरेका छन् । माघ २२ गते हुने १३ औँ क्षेत्रिय अधिवेशनका लागि भुसालले सभापति पदका लागि आफ्नो उम्मेद्धारी घोषणा गरेका हुन् ।

भुसाल मंगलबार एक प्रेस विज्ञप्ती जारी क्षेत्र नम्बर २ को सभापतिमा आफूले उम्मेद्धारी दिएको जनाएका छन् । पार्टी भित्र भएका गुटउपगुटको अन्त्य गरी पार्टी संगठनलाई मजबुट र बलियो बनाउन तथा पार्टीमा युवा शक्तिलाई क्रियाशिल बनाउन उम्मेद्धारी घोषणा गरेको भुसालद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

साथै क्षेत्रिय सभापतिका लागि सबै गाविसमा मेरो अत्याधिक मत रहेकोले यस पटक कुनै पनि हालतमा क्षेत्रिय सभापति भएर छोड्ने विज्ञप्ती मार्फत भुसालले दावी समेत गरेका छन् । भुसाल विगत लामो समय देखि क्षेत्रिय कमिटीको विभिन्न पदमा रही हाल क्षेत्रिय सचिवको रुपमा सक्रियताका साथ काम गदै आएका छन् । उनी माघ १५ गते भएको लालमटिया ईकाइ कमिटीको १३ औँ अधिवेशनबाट सर्वसम्मत क्षेत्रिय प्रतिनिधिमा चयन भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई