2026-09-18 08:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सङ्खुवासभा - SKW

संखुवासभामा कालोपत्रे उप्कीएपछि यात्रुलाई सास्ती

योगेन्द्र जोगी/असोज १७, संखुवासभा । सडक कालोपत्रे भएको ६
वर्ष नबित्दै भत्किएपछि मामलिङका भक्तबहादुर गुरुङलाई सडक कालोपत्रे हुदाँ जति खुसी लागेको थियो अहिले
उनी त्यति नै चिन्तित छन् । चैनपुर बजारसम्मको ३९ किमि आवतजावत गर्न समस्या भएको छ । सडक राम्रो हुँदा
पहिले मुढेबाट चैनपुरसम्मको ३९ किमि पार गर्न १ घण्टा लाग्थ्यो, अहिले पूरै ४ घण्टा लाग्छ’, उनले भने

sadak bhatkiyepaxi

धनकुटा सडक कार्यालय र तुम्लिङटार सडक
डिभिजन कार्यालयले हरेक वर्ष सडक मर्मतका लागि लाखौं खर्च गर्ने गरेको छ। प्रभावकारी अनुगमन नहुँदा
मर्मत गरे पनि नटिक्ने गुरुङको भनाइ छ। ‘मर्मत हुन्छ, कोही हेर्न आउँदैनन्, वैशाखबाटै सडक हिलाम्मे भएर
यातायात सञ्चालनमा अवरोध हुँदै आएको छ,’ उनले भने, ‘सडक डिभिजनले करोडौको मर्मत गरे पनि बालुवामा पानी
हाल्नेजस्तै मात्र भएको छ ।’ वसन्तपुरबाट चैनपुर खण्डसम्म गरिएको कालोपत्रे उक्किएको छ। करोडौ खर्च गरेर
मर्मत गरिए पनि एक महिना नटिक्ने उनले बताए ।

हिलेसम्म पुग्न
कम्तीमा १० ठाउँमा उत्रिनुपर्ने र सामान हराउने समस्या उत्तिकै रहेको स्थानीयवासीको भनाइ छ। कोसी
राजमार्गअन्तर्गत संखुवासभा जोड्ने मुख्य सडक निर्माण पूरा भएको ६ वर्ष नबित्दै पुरानै अवस्थामा फर्केको
हो । एसियाली विकास बैंकको लगानीमा कालोपत्रे गरिएको ७५ किमि सडकमा गरिएको कालोपत्रे असिना र पानीले
बगाएपछि सडक पुरानै अवस्थामा फर्केको हो । तामाफोकका देवराज सुवेदीले सहजै यात्रा गर्न सकिने अवस्था
नरहेको र भनेको ठाउँमा पुग्न समस्या भएको बताए । ‘पानी पर्नासाथ सडक हिलाम्मे हुने गरेकाले पैदल
हिंड्नसमेत गाह्रो हुने गरेको छ,’ उनले भने ।

मुढेशनिश्चरेबाट
तेह्रथुमको वसन्तपुरसम्म पुग्न यात्रा कठिन भएको यात्रु कृष्ण राईले बताए । असिनापानीले बगाएको मुढेबाट
टुटेदेउरालीसम्मको कालोपत्रे सडकमा स्थानीयवासीले पुनस् कालोपत्रे गर्न लगाएका थिए । तर, ठेकेदार
कम्पनीले मापडण्डविपरीत काम गरेकाले दोहोरो कालोपत्रेसमेत टिकेन । सुनसरीको धरानबाट १ सय ४२ किमि
सडकमध्ये ६० किलोमिटर सडकको ठाउँ–ठाउँमा ठूल्ठूला खाल्टा परेकाले दैनिक उपभोग्य सामान दुवानी गर्न पनि
समस्या हुँदै आएको चैनपुर उद्योग वाणिज्य संघका अध्यक्ष आशिष शाक्यले बताए। उनले भने, ‘कोसी राजमार्ग
अन्तर्गत धनकुटाको सिंधुवा, तेह्रथुमको वसन्तपुर हुँदै चैनपुर जोड्ने निर्माणाधीन सडक मर्मत गरिए पनि
झारा टार्ने मात्र काम भयो ।

वर्षामा गरिएको मर्मत काम नलाग्ने
भएको छ, ठेकेदारले मर्मतका नाममा लाखौ रुपैयाँ त्यसै लगे।’कालोपत्रे र ग्राभेल भएको डेढ वर्षमै उक्त
सडकको नामोनिसान मेटिएको थियो । कम गुणस्तरको कालोपत्रे गरिएका कारण सडक यस्तो हविगतमा पुगेको स्थानीय
बासिन्दाको अनुभव छ । कालोपत्रे गरेको भनिएको सडकका ठाउँ–ठाउँमा गाडीसमेत डुब्ने खाल्डा परेका छन् । ६
वर्षअघि एउटा प्याकेजमा चार करोड ५० लाख रुपैयाँका दरले १६ वटा प्याकेजमा करिब ७२ करोड रुपैयाँको
लगानीमा सडक कालोपत्रे भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई