२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

कोईरालाको निधनले राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता स्थगित

२७ माघ २०७२, बुधबार ०५:१६

सन्तोषकुमार गुप्ता/माघ २७, भालुवाङ् । नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शुशिल कोईरालाको मंगलबार निधन भए पछि बुधबार (आज) देखि आदर्श उच्च माध्यमिक विद्यालय लालमटियामा शुरु हुने भनिएको क्षेत्र स्तरिय ८ औँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता स्थगित गरिएको छ ।

तीन दिन सम्म राष्ट्रिय शोक मनाउने मन्त्री परिषद्को निर्णय अनुसार माघको २७ गते देखि २९ गते सम्म सञ्चालन निर्वाचन क्षेत्रियस्तरिय हुने राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको स्थगित गरिएको हो । क्षेत्र स्तरिय ८ औँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता मूल समितीकी सदस्य तथा जिल्ला खेलकुद विकास समितीकी सदस्य सिता चौधरीको अध्यक्षतामा मंगलबार लालमटियामा बसेको बैठकले प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको हो । बैठकले प्रतियोगिता फागुन २ गते देखि ४ गते सम्म सञ्चालन गर्ने समेत निर्णय गरेको छ ।

जिल्ला खेलकुद विकास समितीकी सदस्य सिता चौधरीको अध्यक्षता एवम् शिक्षक अभिभावक संघका संयोजक बुद्धिराम चौधरीको प्रमुख आतिथ्यमा भएको बैठकमा मूल समिती सदस्यहरु शान्ति कुमाल, मिना भुसाल, प्रमोद पन्थी, लक्ष्मीनारायण चौधरी, ठाकुरप्रसाद भुसाल, शोभाराम चौधरी र एकदेव चौधरी लगायतको उपस्थति रहेको थियो ।

बैठकको सहर्जीकरण क्षेत्र स्तरिय ८ औँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता मुल समितीका सदस्य सचिव तथा आदर्श उच्च माविका प्राचार्य दामोदर पाण्डेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…