२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

कोईरालाको निधनले राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता स्थगित

२०७२, २७ माघ बुधबार ०५:१६

सन्तोषकुमार गुप्ता/माघ २७, भालुवाङ् । नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शुशिल कोईरालाको मंगलबार निधन भए पछि बुधबार (आज) देखि आदर्श उच्च माध्यमिक विद्यालय लालमटियामा शुरु हुने भनिएको क्षेत्र स्तरिय ८ औँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता स्थगित गरिएको छ ।

तीन दिन सम्म राष्ट्रिय शोक मनाउने मन्त्री परिषद्को निर्णय अनुसार माघको २७ गते देखि २९ गते सम्म सञ्चालन निर्वाचन क्षेत्रियस्तरिय हुने राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको स्थगित गरिएको हो । क्षेत्र स्तरिय ८ औँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता मूल समितीकी सदस्य तथा जिल्ला खेलकुद विकास समितीकी सदस्य सिता चौधरीको अध्यक्षतामा मंगलबार लालमटियामा बसेको बैठकले प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको हो । बैठकले प्रतियोगिता फागुन २ गते देखि ४ गते सम्म सञ्चालन गर्ने समेत निर्णय गरेको छ ।

जिल्ला खेलकुद विकास समितीकी सदस्य सिता चौधरीको अध्यक्षता एवम् शिक्षक अभिभावक संघका संयोजक बुद्धिराम चौधरीको प्रमुख आतिथ्यमा भएको बैठकमा मूल समिती सदस्यहरु शान्ति कुमाल, मिना भुसाल, प्रमोद पन्थी, लक्ष्मीनारायण चौधरी, ठाकुरप्रसाद भुसाल, शोभाराम चौधरी र एकदेव चौधरी लगायतको उपस्थति रहेको थियो ।

बैठकको सहर्जीकरण क्षेत्र स्तरिय ८ औँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता मुल समितीका सदस्य सचिव तथा आदर्श उच्च माविका प्राचार्य दामोदर पाण्डेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !