२९ माघ २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

कोईरालाको निधनले राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता स्थगित

२७ माघ २०७२, बुधबार ०५:१६

सन्तोषकुमार गुप्ता/माघ २७, भालुवाङ् । नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शुशिल कोईरालाको मंगलबार निधन भए पछि बुधबार (आज) देखि आदर्श उच्च माध्यमिक विद्यालय लालमटियामा शुरु हुने भनिएको क्षेत्र स्तरिय ८ औँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता स्थगित गरिएको छ ।

तीन दिन सम्म राष्ट्रिय शोक मनाउने मन्त्री परिषद्को निर्णय अनुसार माघको २७ गते देखि २९ गते सम्म सञ्चालन निर्वाचन क्षेत्रियस्तरिय हुने राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको स्थगित गरिएको हो । क्षेत्र स्तरिय ८ औँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता मूल समितीकी सदस्य तथा जिल्ला खेलकुद विकास समितीकी सदस्य सिता चौधरीको अध्यक्षतामा मंगलबार लालमटियामा बसेको बैठकले प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको हो । बैठकले प्रतियोगिता फागुन २ गते देखि ४ गते सम्म सञ्चालन गर्ने समेत निर्णय गरेको छ ।

जिल्ला खेलकुद विकास समितीकी सदस्य सिता चौधरीको अध्यक्षता एवम् शिक्षक अभिभावक संघका संयोजक बुद्धिराम चौधरीको प्रमुख आतिथ्यमा भएको बैठकमा मूल समिती सदस्यहरु शान्ति कुमाल, मिना भुसाल, प्रमोद पन्थी, लक्ष्मीनारायण चौधरी, ठाकुरप्रसाद भुसाल, शोभाराम चौधरी र एकदेव चौधरी लगायतको उपस्थति रहेको थियो ।

बैठकको सहर्जीकरण क्षेत्र स्तरिय ८ औँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता मुल समितीका सदस्य सचिव तथा आदर्श उच्च माविका प्राचार्य दामोदर पाण्डेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाथीभरामा केबलकार निर्माणविरुद्धको रिट सर्वोच्चद्वारा दर्ता गर्न अस्वीकार ट्रम्पको चेतावनीपछि हमासले भन्यो- धम्कीको भाषाको कुनै मूल्य छैन विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभाको बैठक अवरुद्ध कार्यसूचीबाट भ्रष्टाचारसम्बन्धी विधेयक हटाइएकोमा संसदमा लफडा एमाले सांसदलाई उन्मुक्ति दिएकोमा रास्वपाले संसदमै गर्‍यो विरोध एकीकृत समाजवादी र नेकपासँग एकता गर्न छलफल भइरहेको छ: प्रचण्ड चाबहिलमा २३ वर्षीय युवकको हत्या: चोरीको मोबाइल लिन भएको थियो दुई समूहबीच झडप होटलमा बोलाएर पत्रकार ललितबहादुर सिंहमाथि चक्कु प्रहार विश्वमै कम भ्रष्टाचार हुने मुलुक डेनमार्क, धेरै हुनेमा दक्षिण सुडान इजरायली बन्धकहरुको रिहाइ रोक्ने हमासको निर्णयपछि ट्रम्पले दिए कडा चेतावनी अमेरिकामा एक निजी विमान अर्को विमानसँग ठोक्किँदा दुर्घटना, एकको मृत्यु तीन घाइते कमलपोखरीको सानदार मम पसलमा आगलागी हुँदा घाइते भएका २ जनाको मृत्यु आज पनि बढ्यो सुनको मूल्य, तोलाको १ लाख ७० हजारभन्दा माथि डा. बाबुराम भट्टराईको नेसपाको महाधिवेशन आज सकिँदै आज तीन संसदीय समितिको बैठक बस्दै मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृ-त्यु धरहरा चढ्ने समय बढ्यो, हालसम्म १ करोड ५२ लाख राजस्व सङ्कलन प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची ! यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर मौसम :उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना