2026-09-19 12:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

नवविवाहित दम्पतिद्वारा पुस्तकालयलाई सहयोग

फागुन २, म्याग्दी | म्याग्दीको एक नवविवाहित दम्पतिले म्याग्दी बहुमुखी क्याम्पसमा दृष्टिविहीन विद्यार्थीका लागि स्थापना गर्न लागिएको पुस्तकालयलाई रु २५ हजार सहयोग गर्ने घोषणा गरेको छ । 

बेनीबजार निवासी विकास रावल र सन्ध्या केसीले रावलका भाइ स्व सुदीप रावलको स्मृतिमा पुस्तकालयलाई सो रकम सहयोग गर्ने घोषणा गर्नुभएको हो । 

मंगलबार स्व सुदीप रावलको नवौँ स्मृति दिवसका अवसरमा सुदीप स्मृतिकोषले आयोजना गरेको १० जोड दुईको परीक्षामा म्याग्दी जिल्लामा सर्वोकृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई सम्मान कार्यक्रममा नवविवाहित रावल दम्पतिले सो घोषणा गर्नुभएको हो । रावल र केसीको केही दिनअघि मात्र विवाह भएको हो । 

सुदीप रावलको स्मृतिमा उहाँको परिवारले रु दुई लाख ५० हजार राशिको अक्षय कोषको स्थापना गरेको छ । विकास रावल स्व सुदीपका माहिला दाजु हुनुहुन्छ । सुदीपको विसं २०६५ फागुन १ गते बागलुङ बजारबाट मालढुंगा जाने क्रममा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई