२८ माघ २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

लालमटियामा सस्तो कृषि पसल सञ्चालन गरिने

२९ माघ २०७२, शुक्रबार ०७:१६

सन्तोषकुमार गुप्ता/माघ २९, भालुवाङ् । इच्छुकस्मृति कृषि सहकारी संस्था लालमटियाले किसानहरुको माग तथा समस्यालाई मध्यनजर गरी लालमटियामै तत्काल सस्तो कृषि पसल सञ्चालन गर्ने भएको छ ।

संस्थाको सातौँ बार्षिक साधारणसभा पछि बिहिबार लालमटिया भएको पहिलो बैठकले यस्तो निर्णय गरेको हो । संस्थाका अध्यक्ष भिर्माजुन सुवेदीको अध्यक्षतामा सम्पन्न बैठकले सस्तो कृषि पसललाई थप व्यवस्थीत तथा प्रभावकारी बनाउन संस्थाका अध्यक्ष भिर्माजुन सुवेदीको संयोजकत्वमा जोहरमान मियाँ, बोमबहादुर थापा रहेको सस्तो कृषि पसल सञ्चालन तथा समान खरिद बिक्री एवम् मूल्य निर्धारण समिती समेत गठन गरेको छ ।

पसलका किसान संग प्रत्येक्ष सरोकार राख्ने मलखाद, उन्नत जातका विभिन्न प्रजातिका बिउबिजन, बीउपल, कृषि औजार, कृषि समाग्री, औषधी लगायतका समाग्री सहुलियमूल्यमा बिक्री गर्ने संस्थाले जनाएको छ ।

त्यस्तै बैठकले सहकारी संस्थाको काम कार्वाही थप प्रभावकारी तथा व्यवस्थीत बनाउन, संस्थाका उपाध्यक्ष जुम्मन मियाँको संयोजकत्वमा सहसचिव सन्तोषकुमार गुप्ता, कोषाध्यक्ष शारदा भुसाल, सदस्य असोककुमार पोख्रेल र कमला मल्ल रहेको सहकारी शिक्षा समिती गठन गरेको छ ।

त्यसैगरी बैठकले सल्लाहकार जोहरमान मियाँको संयोजकत्वमा टेकबहादुर रावत, शोभाकर भुसाल रहेको टेक्टर सञ्चालन समिती, संस्थाका सचिव तिलक अधिकारीको संयोजकत्वमा सहसचिव सन्तोषकुमार गुप्ता र कोषाध्यक्ष शारदा भुसाल रहेको कृषि बचत तथा ऋण सञ्चालन समिती गठन गरेको छ ।

बैठकले सहकारी संस्थाको भावनालाई अझ बलियो बनाउन तथा शेयर बृद्धिका लागि फागुन २ गते देखि शेयर बृद्धि रकम संकलनार्थ शेयर सदस्य केन्द्रित घरदैलो अभियान सञ्चालन गर्ने, शेयर रकम बृद्धि गर्ने, पहिलो चरणमा शेयर सदस्यहरुका लागि नियमित मासिक बचत संकलन गर्ने तथा बैशाख देखि दैनिक बचत संकलन एवम् सहुलियत ब्याजदरमा व्यवसायिक कृषि कर्जा प्रबाह गर्ने निर्णय गरेको छ ।

साथै बैठकले सहकारी संस्थाले सञ्चालन गदै आएको सस्तो पसलको स्वरुप परिवर्तन गरी लालमटिया गाविस भरिका किसानहरुको माग तथा समस्यालाई मध्यनजर गरी सस्तो कृषि पसल सञ्चालन गर्ने र किसानहरुको माग तथा समस्यालाई मध्यनजर गरी जिल्ला कृषि विकास कार्यालय दाङ्ग संग मकै अरुण २, मकै रामपुर, धान सुख्या ३, धान बिन्देश्वरी, धान हर्दिनाथ र गहु बिजय प्रजतिका उन्नतजात आवश्यक बीउ अनुदानमा माग गर्ने निर्णय गरेको छ । बैठकले संस्थाको कार्यालय थप व्यवस्थीत बनाउन अध्यक्ष, सचिव र सह—सचिवलाई जिम्मेवारी दिने लगायतका निर्णय गरेको छ ।

बैठकमा संस्थाका सल्लाहकार जोहरमान मियाँ, भगवता न्यौपाने, बोमबहादुर थापा, ढुण्डीराज शर्मा र टेकबहादुर रावत, लेखा तथा सुपरिवेक्षण समिती संयोजक कृष्णबहादुर गिरी, सदस्यहरु फर्णाधर सुवेदी, बिदुर एमसी, संस्थाका उपाध्यक्षमा जुम्मन मियाँ, सह—सचिवमा सन्तोषकुमार गुप्ता, कोषाध्यक्ष शारदा भुसाल, सदस्यहरु कमला मल्ल, असोककुमार पोख्रेल र शोभाराम भुसालले आ—आफ्नो धारणा राखेका थिए । बैठकको सहर्जीकरण संस्थाका सचिव तिलक अधिकारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाडीसँग मोटरसाइकल ठोक्किँदा पछाडि बस्ने युवकको मृत्यु, चालक घाइते बालेनको स्वरमा फिल्म ‘लाज शरणम्’को गीत ‘नेपाल हाँसेको’(भिडियोसहित) प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा, पदमुक्त गर्नसमेत माग जुनसुकै देशबाट आयात हुने स्टील र आल्मुनियममा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा अध्यादेशबाट देश चलाउने काम निरंकुशताको प्रस्थान बिन्दु : शेखर कोइराला माओवादी केन्द्रले गर्‍यो तीन नेतालाई पदमुक्त गृहमन्त्रीसँग केबुलकार विरोधी समूहले वार्ता नगर्ने , आन्दाेलन घाेषणा संसद् भवन प्रवेश गर्न खोजेको आरोपमा सुनार पक्राउ सामाजिक सञ्जाल सम्बन्धी विधेयक मान्य छैनः सांसद मनिष झा वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीनजना पक्राउ बूढानीलकण्ठमा पूरै घर भाडामा लिई अनलाइन ठगीमा संलग्न २३ भारतीय पक्राउ, तीन अर्ब बढीको कारोबार पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु खेलकुदमन्त्रीले ‘श्री ५ को सरकार’ लेखेकोप्रति माओवादी सांसदको आपत्ति चाबहिलमा २ समूहबिच झगडा हुँदा एक युवकको हत्या, ३ जना पक्राउ सरकारको नियतमा शंका नगर्नुस् भन्ने गृहमन्त्रीले एआईजीको राजीनामा गराए : सुमना श्रेष्ठ आगामी साता सार्वजनिक हुँदै सस्तो आईफोन: के-के छन् विशेषता, मूल्य कति ? चिसापानी-गड्डाचौकी सडकखण्ड ६ लेनको बन्छ : परराष्ट्रमन्त्री राणा बालेन शाहलाई अमरेशकुमारको चूनौति : हिम्मत छ भने सिंहदरबार र संसद् भवन भत्काएर देखाउ(भिडिओ) आम निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुन्छः महामन्त्री थापा मेयर भएपछि बालेनको पहिलो ‘नेपाल हाँसेको हेर्न चाहन्छु’ बोलको गीत सार्वजनिक हुँदै