2026-06-29 09:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

लालमटियाका किसानलाई कोशेबाली सम्बन्धी गोष्ठी सम्पन्न

सन्तोषकुमार गुप्ता/फागुन २, भालुवाङ् । ईच्छुकस्मृति कृषि सहकारी संस्था लालमटिया संग आवद्ध कृषक समूह तथा किसानहरुका लागि एक दिने कोशेबाली सम्बन्धी गाउँ स्तरिय कार्यशाला गोष्ठी आईतबार लालमटियामा सम्पन्न भएको छ ।

राष्ट्रिय कोशेबाली अनुसन्धान कार्यक्रम खजुरा बाके तथा ईच्छुकस्मृति कृषि सहकारी संस्था लालमटियाको संयुक्त आयोजना एवम् प्रगतिशिल कृषक समूह रामनगर लालमटियाको समन्वयमा गोष्ठी सम्पन्न भएको हो ।

किसानहरुलाई कोशेबाली सम्बन्धी अत्याधुनिक प्राविधिक ज्ञान दिई कोशेबाली उत्पादनमा बृद्धि गराई कोशेबालीमा नै किसानहरुलाई आत्मानिर्भर गराउन गोष्ठी आयोजना गरिएको बताईएको छ । ईच्छुकस्मृति कृषि सहकारी संस्थाका अध्यक्ष भिर्माजुन सुवेदीको अध्यक्षता एवम् राष्ट्रिय कोशेबाली अनुसन्धान कार्यक्रमका संयोजक नेत्रहरि घिमिरेको प्रमुख आतिथ्यमा भएको गोष्ठीमा कोशेबाली अनुसन्धान कार्यक्रमका बरिष्ठ प्राविधिक अधिकृत रबिन्द्रप्रसाद शाहले कोशेबाली खेती गर्दा ध्यान दिनु पर्ने कुरा, कोशेबालीको आवश्यकता, महत्व, समस्या, चुनौती र सम्भावना तथा कोशेबालीको प्रजाति तथा खेती गर्ने अत्याधुनिक प्रणाली लगायतका बिषयमा प्रशिक्षण दिएका थिए ।

ईच्छुकस्मृति कृषि सहकारी संस्थाका सदस्य असोककुमार पोख्रेलको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा जिल्ला कृषि प्रसार अधिकृत महेश अधिकारी, प्राविधिक अधिकृतद्धय गोपाल बैढ, मानबहादुर चदारी, सहकारी संस्थाका उपाध्यक्ष तथा प्रगतिशिल कृषक समूहका अध्यक्ष जुम्मन मियाँ, उज्जव भविष्य महिला कृषक समूहकी कोषाध्यक्ष कमला मल्ल, संस्थाका सल्लाहकार बोमबहादुर थापा, किसानहरु धर्मबहादुर बोहारा, कोमानन्द न्यौपाने, रिषीराम न्यौपाने, द्रोणा थापा, केशरी उपाध्याय, लक्ष्मी अधिकारी मोतीराम पोख्रेल र प्रेमबहादुर जिसी लगायतका बक्ताले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहर्जीकरण संस्थाका सह—सचिव सन्तोषकुमार गुप्ताले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी