2026-10-29 07:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पामा पहिलो शैक्षिक सत्र ०७५ शुरु

टेकबहादुर शाही/फागुन २, डोल्पा । डोल्पामा शैक्षिक सत्र ०७५ को पहिलो चरण बुधबारबाट शुरु भएको छ । 

पहिलो चरणको शैक्षिक सत्रमा तल्लो डोल्पाका मुड्केचुला गाउपालिका, जगदुल्ला गाउपालिका, काईके गाउपालिका, त्रिपूरा सुन्दरी नगरपालिका र ठुलीभेरि नगरपालिका गरि ५ वटा स्थानीय तहमा बुधबार देखि शुरु भएको छ ।

 

त्यसै गरि दोस्रो चरणको शैक्षिक सत्रमा माथिल्लो डोल्पाका शे–फोक्सुण्डो गाउपालिका,डोल्पो बुद्ध गाउपालिका र छार्काताङसोङ गरि ३ वटा स्थानीय तहमा शुरु गरिने जिल्ला शिक्षा कार्यालय डोल्पाले जनकारि दिएको छ ।

पहिलो चरणको शैक्षिक सत्र संगै बिद्यार्थी भर्ना अभियान पनि शुरु भएको निमित्त जिल्ला शिक्षा अधिकारी सिंहराज डागीले जानकारि दिए । उनका अनुसार फागुन १ गते देखि १५ गते सम्म बिद्यार्थी भर्ना अभियान र १५ देखि २५ गते सम्म घरदैलो तथा अभिभाबक भेट्घाट कार्यक्रम रहेको बताए । 

उनले भने बिद्यार्थी भर्ना सँगै बिद्यालयमा नियमित पढाइलाइ पनि निरन्तरता दिनुपर्ने छ । उच्च हिमाली भेकमा पर्ने डोल्पामा र्दुवटा शैक्षिक सत्र हुने गर्दछ । 

मथिल्लो डोल्पामा हिमपात हुने चिसो बढि हुने भएको कारण बैशाख पहिलो साता देखि दोस्रो चरणको शैक्षिक सत्र र बिद्यार्थी भर्ना अभियान हुने जिल्ला शिक्षा कार्यालय डोल्पाले जनकारि दिएको छ । शैक्षिक सत्र र भर्ना अभियान पछि भए पनि नियमानुसार पढाइ भने एक हजार घण्टा हुने गरेको शिक्षा कार्यालयका दावी रहेको छ । 

माथिल्लो डोल्पामा बैशाख देखि कार्तिक मसान्त सम्म शनिबार बाहेक अन्य सरकार कुनै पनि बिदाहरुमा बिदा नदिएर पढाइ हुने भएकोले पनि पर्ढामा समस्या नआउने गरेको शिक्षा कार्यालयको भनाइ रहेको छ । 

बिद्यालयलाइ निरन्तर सञ्चालनमा राखेर अन्तराष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्न सक्ने शिक्षा दिनु पर्नेमा शिक्षकहरु लाग्नु पर्ने प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले प्रधानध्यापकहरुलाइ निर्देशन दिएका छन । 

उनले नेपाल सरकारको पदग्रहण गरेका कुनै पनि कर्मचारिले नागरिकले प्रश्न खडा गर्ने काम गर्न नुहने भन्दै शिक्षा जस्तो पेशालाइ पवित्र बनाउन प्रजिअ थापाले आग्रह गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम