2026-09-03 03:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पामा पहिलो शैक्षिक सत्र ०७५ शुरु

टेकबहादुर शाही/फागुन २, डोल्पा । डोल्पामा शैक्षिक सत्र ०७५ को पहिलो चरण बुधबारबाट शुरु भएको छ । 

पहिलो चरणको शैक्षिक सत्रमा तल्लो डोल्पाका मुड्केचुला गाउपालिका, जगदुल्ला गाउपालिका, काईके गाउपालिका, त्रिपूरा सुन्दरी नगरपालिका र ठुलीभेरि नगरपालिका गरि ५ वटा स्थानीय तहमा बुधबार देखि शुरु भएको छ ।

 

त्यसै गरि दोस्रो चरणको शैक्षिक सत्रमा माथिल्लो डोल्पाका शे–फोक्सुण्डो गाउपालिका,डोल्पो बुद्ध गाउपालिका र छार्काताङसोङ गरि ३ वटा स्थानीय तहमा शुरु गरिने जिल्ला शिक्षा कार्यालय डोल्पाले जनकारि दिएको छ ।

पहिलो चरणको शैक्षिक सत्र संगै बिद्यार्थी भर्ना अभियान पनि शुरु भएको निमित्त जिल्ला शिक्षा अधिकारी सिंहराज डागीले जानकारि दिए । उनका अनुसार फागुन १ गते देखि १५ गते सम्म बिद्यार्थी भर्ना अभियान र १५ देखि २५ गते सम्म घरदैलो तथा अभिभाबक भेट्घाट कार्यक्रम रहेको बताए । 

उनले भने बिद्यार्थी भर्ना सँगै बिद्यालयमा नियमित पढाइलाइ पनि निरन्तरता दिनुपर्ने छ । उच्च हिमाली भेकमा पर्ने डोल्पामा र्दुवटा शैक्षिक सत्र हुने गर्दछ । 

मथिल्लो डोल्पामा हिमपात हुने चिसो बढि हुने भएको कारण बैशाख पहिलो साता देखि दोस्रो चरणको शैक्षिक सत्र र बिद्यार्थी भर्ना अभियान हुने जिल्ला शिक्षा कार्यालय डोल्पाले जनकारि दिएको छ । शैक्षिक सत्र र भर्ना अभियान पछि भए पनि नियमानुसार पढाइ भने एक हजार घण्टा हुने गरेको शिक्षा कार्यालयका दावी रहेको छ । 

माथिल्लो डोल्पामा बैशाख देखि कार्तिक मसान्त सम्म शनिबार बाहेक अन्य सरकार कुनै पनि बिदाहरुमा बिदा नदिएर पढाइ हुने भएकोले पनि पर्ढामा समस्या नआउने गरेको शिक्षा कार्यालयको भनाइ रहेको छ । 

बिद्यालयलाइ निरन्तर सञ्चालनमा राखेर अन्तराष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्न सक्ने शिक्षा दिनु पर्नेमा शिक्षकहरु लाग्नु पर्ने प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले प्रधानध्यापकहरुलाइ निर्देशन दिएका छन । 

उनले नेपाल सरकारको पदग्रहण गरेका कुनै पनि कर्मचारिले नागरिकले प्रश्न खडा गर्ने काम गर्न नुहने भन्दै शिक्षा जस्तो पेशालाइ पवित्र बनाउन प्रजिअ थापाले आग्रह गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही