Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
February 23, 2016 दाङ्ग - DNG, समाज

कारको ठक्करबाट देउखुरीमा एक जना गम्भीर घाईते

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

सन्तोषकुमार गुप्ता/फागुन ११, भालुवाङ् । कारको ठक्करबाट मंगलबार राती देउखुरीको सिसहनियाँमा एक युवक गम्भरि घाईते भएका छन् ।

राती करिब सवा १ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ गईरहेको युके ०४ जे ५९८४ नम्बरको भारतीय कारको ठक्करबाट सोही ठाउँ बस्ने पैदल यात्रु ४० बर्षीय मंगलप्रसाद गुप्ता गम्भीर घाईते धएका हुन् ।

घाईते गुप्ताको प्राथामिक स्वास्थ्य केन्द्र लमही समान्य उपचार पछि थप उपचारका लागि नेपालगञ्ज रिर्फर गरिएको अस्थाई ट्राफिक प्रहरी पोष्ट भालुवाङ्गका प्रहरी सहायक निरक्षक चन्द्र केसीले जानकारी दिए ।

ठक्कर दिने कार ईलाका प्रहरी कार्यालय भालुवाङ्गले आफ्नो नियन्त्रण लिएको छ भने फरार रहेका चालकको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।