४ फाल्गुन २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

४१ बर्ष सम्म एउटै विद्यालयमा शिक्षक, प्रधानध्यापक हुँदै प्राचार्य सम्म

१६ फाल्गुन २०७२, आईतवार ०३:३९

bidaiसन्तोषकुमार गुप्ता/सुजाता थापा/ फागुन १६, प्यूठान । प्यूठानको सरस्वती उच्च माध्यमिक विद्यालय बाङ्गेसालमा बिगत ४१ बर्ष सम्म अध्यापनरत प्राचार्य द्रोण अधिकारीलाई शुक्रबार विद्यालयमै एक कार्यक्रमको आयोजना गरी बिदाई गरिएको छ ।

वि.सं. २०३१ सालमा विधिवत रुपमा तत्कालिन सरस्वती निमाविमा शिक्षण पेसा आरम्भ गरेका अधिकारीले २०३२ सालमा सोही विद्यालयको प्रधानध्यापक भएका थिए । उनलाई २०३५ सालमा प्यूठान जिल्लाबाट छनोट गरी २०३७ सालमा डिप्लोमा पढ्न काठमाडौँ पढाईएको थियो ।

दुई बर्ष सम्म पढाई पुरा गरी प्यूठान फर्के अधिकारीलाई २०३७ सालमा तत्कालिन अम्मर मावि खैरा प्यूठानमा अध्यापनका लागि पठाईएको थियो । २०३९ सालमा सरस्वती निमाविको स्तर बृद्धि भई मावि भए पछि पुन अधिकारीलाई २०४० सालमा सरुवा भई सरस्वती माविमा आए उता उनी सोही विद्यालयमा निरन्तर रुपमा अध्यापन गराउँदै आएका थिए ।

सोही साल देखि २०६८ साल सम्म अधिकारी सह प्रधानध्यापक हुदै २०६५ सालमा विद्यालयको स्तर बृद्धि भए पछि अधिकारी उच्च माविको सह—प्राचार्य भएर प्रसासनिक र अध्यापन कार्य गदै आएको विद्यालयले जनाएको छ । २०६५ सालमा तत्कालिन प्राचार्य बासुदेव नकर्मीले अनिवार्य अवकास पाए पछि सह—प्राचार्य रहेका अधिकारी सोही साल मंसिर २९ गते देखि विधिवत रुपमा प्राचार्यको जिम्मेवारी सम्हाल्दै आएका थिए । निरन्तर ५ बर्ष सम्म प्राचार्यको जिम्मेवारी समाहालेका अधिकारीले २०७२ पुस ३० गते अनिवार्य शैक्षिक अवकास लिए पछि उनलाई बिदाई गरिएको हो ।

अधिकारी प्राचार्य हुँदा उनको कार्यकालमा जिल्ला शिक्षा कार्यालय प्यूठानको अनुदानमा जिल्ला कै नमुना विज्ञान प्रयोग सञ्चालन तथा स्तर बृद्धि, अनिवार्य कम्प्युटर शिक्षा तथा इलेक्ट्रोक्स प्रयोगशालाको स्थापना, सुविधा सम्पन्न पुस्तकालय सञ्चालन तथा स्तर बृद्धि, बाङ्गेसाल गाविसमै क्याम्पस सञ्चालनका लागि शैक्षिक सहयोगार्थ सप्ताह ज्ञान महायज्ञ सञ्चालन, क्याम्पस सञ्चालनका लागि जग्गाको व्यवस्थापन, विद्यालयको चारै तिर पर्खाल निर्माण तथा मर्मत, खानेपानी टंङ्की निर्माण तथा सञ्चालन, नयाँ भवन निमार्ण तथा पुरा भौतिक पूर्वधार मर्मत गरिएको विद्यालयले जनाएको छ ।

त्यस्तै सरस्वती मन्दिर निर्माण, एसएलसी नतिजामा सुधार, उच्च माविको दिउँसो समयमा कक्षा सञ्चालन, व्यक्तिगत ६० हजार बराबरको लगानीमा व्दिालयको प्रवेशद्धार गटेको निर्माण र हजुरबुवा, बुवा, आमाको नाममा ५६ हजार १ सय १ रुपैयाँ बराबरको भुरेए विज्ञान छात्रबृत्ति अक्षयकोष स्थापना जस्ता महत्वपूर्ण कार्य गरेको विद्यालयले जनाएको छ ।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष खेमराज आचार्यको अध्यक्षता एवम् स्रोत व्यक्ति पूर्णबहादुर केसीको प्रमुख आतिथ्यमा भएको बिदाई कार्यक्रममा बोल्ने बक्ताहरुले बिदाई भएर जाने प्राचार्य अधिकारीले विद्यालयको शैक्षिक विकासमा पु¥याएको योगदानको उच्च प्रसंशा गदै अझै पनि विद्यालयको विकासका लागि उहाँको महत्वपूर्ण आवश्यकता रहेको बताएका थिए ।

शैक्षिक विकास गर्न विद्यालयले प्राचार्य अधिकारीबाट पाठ सिक्नु पर्ने समेत बताएका थिए । विद्यालय व्यवस्थापन समितीकी सदस्य शुशिला केएमको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा प्राचार्य अधिकारीलाई फुलमाला र टिका लगाई सम्मान पत्र र मायाको चिनो प्रदान गरी बिदाई गरिएको थियो ।

सो अवसरमा बोल्दै प्राचार्य अधिकारीले विद्यालयको शैक्षिक विकासका लागि जो कोहीले पनि दलगत र व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर काम गर्न सके मात्र विद्यालयको शैक्षिक विकास हुने बताए । उनले विद्यालय विद्याको मन्दिर हो, जहाँ ज्ञानज्ञनुका कुरा सिकाईन्छ यसलाई शान्ति क्षेत्रको रुपमा विकास गर्न सबै पक्ष जिम्मेवार बन्नु पर्छ अधिकारीले भने ।

मेरो कार्यकालमा अधुरो रहेको क्याम्पस कुनै पनि हालतमा सञ्चालन गर्न आग्रह गदै विद्यालयको जिम्मेवारीबाट बाहिर रहेको भए पनि मेरो सामाजिक दायित्व रहने भएकोले विद्यालयको विकासका लागि जति बेला पनि सहयोग गर्न तयार रहेको प्रतिबद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका पूर्व अध्यक्षद्धय टंकप्रसाद सुनार, कृष्णबहादुर राईमाझी, निमत्त प्राचार्य भक्तबहादुर मर्साङ्गी, शिक्षक शान्ताराज बिसी, विद्यार्थी सुजाता थापा र संदिप सुनार लगायतका बक्ताले बिदाई मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक कृष्णप्रसाद शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
झापामा प्रहरीका सई झुण्डिएको अवस्थामा मृत फेला शान्दार मः म ग्यास विस्फोटमा थप एकको मृत्यु, मृतकको संख्या चार पुग्यो जलनमा परेका विष्णु र धनराजलाई भेट्न कीर्तिपुर पुगे राष्ट्रपति पौडेल आज एकैदिन दुई हजार ७०० ले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? बिग्रिएर रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा एक युवाको मृत्यु सत्तारुढ दलका प्रमुख सचेतकहरूको बैठक बस्दै राष्ट्रियसभाको बैठक आज बस्दै, यस्तो रहने छ कार्यसूची ! थ्री बाई थ्री बास्केटबल प्रतियोगितामा भारतलाई हराउँदै नेपालले जित्यो उपाधि नयाँदिल्लीको रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु, २५ घाइते प्रतिनिधिसभा बैठक आज बस्दै, आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो यस्तो छ, आइतबारको विदेशी मुद्राको विनिमय दर मौसम: उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना संयुक्त अधिराज्य, क्यानडा, अजरबैजान र मौरिसस पठाइदिन्छु भन्दै ठगेको आरोपमा ३ जना पक्राउ पुलिसलाई हराउँदै ब्ल्याक बुल्सले जित्यो आहारारा गोल्डकपको उपाधि सदन र सडकबाट भ्रष्टाचारविरुद्धको अभियान निरन्तर अघि बढ्छ: अध्यक्ष प्रचण्ड ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ जसपाका पूर्वप्रदेश अध्यक्षसहित केही नेता कार्यकर्ता माओवादीमा प्रवेश एमालेको निकट कर्मचारी संगठनको अध्यक्षमा दाहाल चयन, महासचिवमा अधिकारी सरकारको सात महिना बित्दा पनि मुलुकमा केही परिवर्तन आएन : उपाध्यक्ष पाण्डे