2026-09-19 06:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

मृगौला पिडित अधिकारीको जीवनरक्षार्थ सहयोग संकलन अभियान शुरु

सन्तोषकुमार गुप्ता, फागुन १६, भालुवाङ्ग ।

एकै दिन २१ हजार बढी नगद सहयोग रकम संकलन
बिगत पाँच बर्ष देखि दुबै मृगौलाबाट पिडित रहेकी गोबरडिहा—२ बनघुस्री निवासी ३२ बर्षीय सिता अधिकारीको जीवन रक्षार्थ शनिबार देखि भालुवाङ्गमा सहयोग संकलन अभियानमा शुरु गरिएको छ ।

dang 1
दुबै मृगौला फेल भए पछि नयाँ मृगौला प्रत्यारोपणका गर्न आर्थिक नहुँदा सहयोगको पर्खाई रहेकी अधिकारीको जीवन रक्षार्थ सहयोग संकलन अभियान शुरु गरिएको हो । शनिबारबाट भालुवाङ्ग पुलचोक बजारबाट शुरु गरिएको अभियानको पहिलो दिन मात्र २१ हजार बढी नगद सहयोग रकम संकलन भएको मृगौला प्रत्यारोपण सहयोग संकलन समितीका संयोजक ऋषिराम बस्नेतले जानकारी दिए ।

अभियानको पहलो दिन भालुवाङ्ग पूल्चोक बजार स्थीत उज्जवल सुनचाँदी पसलका प्रोपाईटर रामबहादुर सुनारबाट २ हजार ५ सय ५, राप्ती हार्डवेयस्का प्रोपाइटर होमप्रसाद शर्माबाट १ हजार ५ सय, ऋषिराम खनाल १ हजार १०, रमेश पौडेल १ हजार ५, बलबहादुर चपाई ५ सय ५०, हरि खड्का ५ सय ५ र ओम खड्का ५ सय ५ नगद सहयोग गरेको अभियानका संयोजक बस्नेतले जानकारी दिए । त्यस्तै अभियानमा जगतप्रसाद पोख्रेल ५ सय, हिमाल एमसी ५ सय, बिष्णु रिजाल ५ सय, राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसाय समिती भालुवाङ्ग बुकिङ्ग काउन्टर ५ सय तथा अन्य साना रकम गरी जम्मा २१ हजार ९ सय ४५ रुपैयाँ नगद संकलन भएको अभियानका संयोजक बस्नेतले जानकारी दिए । पहिलो दिन सहयोग संकलन अभियानको टोली भालुवाङ्ग पूलचोक बजारको २ सय ४६ पसल तथा व्यवसायबाट सहयोग रकम संकलन गरेको अभियानले जनाएको ।

मृगौला प्रत्यारोपण सहयोग संकलन समितीका संयोजक ऋषिराम बस्नेतको नेतृत्वमा रहेको अभियानको टोली जयन्ती बस्नेतएमसी, बाबुराम थापा, सुमित्रा केसी, पवित्रा भण्डारी, सिता अधिकारी, सञ्चारकर्मीद्धय सन्तोषकुमार गुप्ता, बिदुर एमसी रमेश पौडेल, दमकुमारी पौडेल, होमप्रसाद शर्मा, चेतनाथ बस्नेत र दमन्त एमसी रहेका थिए । अभियान आईतबार पनि भालुवाङ्गमा जारी छ । पिडित सिताको जीवन बचाउन देउखुरीका सबै बजार क्षेत्रमा घरदैलो सहयोग संकलन अभियान चलाउने अभियानका संयोजक बस्नेतले जानकारी दिए । अभियानमा मन खोलेरै सहयोग गरी सितालाई नयाँ जीवन दिन पनि संयोजक बस्नेतले सबैमा आग्रह समेत गरेका छन् ।

dang 2

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई