Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

महिला उद्यमीले बनाए सुविधा केन्द्र

२०७४, ४ फाल्गुन शुक्रबार ०७:४१

फागुन ४, म्याग्दी |  बेनी नगरपालिका–५ पुलाचौरका महिला उद्यमीले साझा सुविधा केन्द्र स्थापना गरेका छन् । 

पुलाचौर स्वीटर उत्पादक संघमा आवद्ध महिलाले सिकेको सीपलाई निरन्तरता दिँदै सामूहिक व्यवसाय गर्नका लागि साझा सुविधा केन्द्र स्थापना गरेका हुन् । 

समूहले रु छ लाख ९५ हजारको लागतमा भवन निर्माण गरेको हो । रु तीन लाख ४३ हजार ऋण रहेको समूहकी सचिव प्रभा सुवेदीले बताउनुभयो । गरिबी निवारण कोषको सहयोगमा धौलागिरि सामुदायिक स्रोत विकास केन्द्रद्वारा सञ्चालित द्वन्द्व प्रभावितका लागि बजार निर्माण परियोजनाले पुलाचौरका उद्यमीलाई ऊनीका कपडा बुन्ने मेसिनलगायत रु १२ लाख ३० हजार बराबरको सामग्री र कच्चा पदार्थ सहयोग गरेको अध्यक्ष शान्ति थापाले बताउनुभयो । 

भवन बनाउन स्थानीय सागर पौडेलले चार आना एक पैसा दुई दाम जग्गा निःशुल्क उपलब्ध गराउनुभएको थियो । संघअन्तर्गतका तीनवटा समूहमा आवद्ध ७६ जनामध्ये पहिलोचरणमा नौ जनालाई तीन महिने स्वीटर, गलबन्दी, मखलर, हाईनेक, स्कुल पोशाक, टोपी र कपडा बुन्ने तालीम प्रदान गरिएको थियो । 

पहिलो चरणको तालीम लिएकालाई क्षमत्ता विकास र तालीमका साथै कच्चा पदार्थको आवश्यकता रहेको उद्यमीहरुले बताएका छन् । सो भवनमा सामूहिक रुपमा कपडा बुनेर बिक्री गरी आयआर्जन गर्ने संघको योजना छ । यसअघि घर भाडामा लिएर सीप सिक्ने र सामान बनाउने गरेका उद्यमीलाई आफ्नै भवन बनेपछि सजिलो भएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित