2026-09-18 08:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सङ्खुवासभा - SKW

इन्धन अभाव भए बुकिङ्ग टिकट जुनसुकै बेला रद्द हुन सक्ने

योगेन्द्र योगी/असोज १९, संखुवासभा । दसैमा घर जादै
हुनुहुन्छ ? हवाइ टिकट पनि बुकिङ्ग छ भने ढुक्क नहुनु होस्, बिमान कम्पनीहरुले जुनसुकै बेला तपाईहरुको
टिकट रद्द गर्न सक्छन् या उडान नै रद्द हुन्छन् ।

दसैंका लागि
आन्तरिक वायुसेवाका उडानको टिकट बुकिङ ८५ देखि ९० प्रतिशतसम्म सकिएको छ।तराई बन्द र भारतले लगाएको
नाकाबन्दीका कारण सडक यातायातको दसैंलाई टिकट बुकिङ अनिश्चित भएपछि यसवर्ष हवाई यात्रुको चाप बढेको हो ।
संखुवासभाको तुम्लिङ्गटार बिमानस्थलमा यात्रुको चाप अत्याधिक मात्रामा बढेको पाइएको छ भने दशैंका लागि
तुम्लिङ्गटार भएर जाने यात्रुका लागि सबै टिकट सकिएको छ ।

बुद्ध, यति तथा गोमा एयरले उडान भरी रहेको तुम्लिङ्गटारमा दशैं पछि मंसिर सम्मको लागि टिकट
सकिएको स्थानीयको भनाइ छ । तर, अहिलेको यो नाकाबन्दी कायम रहेमा आन्तरिक वायुसेवा कम्पनीले दसैंका लागि
सस्तो भाडादरमा उडान नगर्ने गरी नर्मल भाडादरमा मात्रै बुकिङ लिएका भए पनि इन्धनको आपूर्ति सहज नभएको
कारण उडान अझै निश्चित भएको ब्यबसायीले बताएका छन् ।

‘दसैंका
लागि सबैजसो गन्तव्यको उडान बुकिङ प्याक भैसकेको छ’, बुद्ध एयरका निर्देशक रुपेश जोशीले भने, ‘इन्धन
आपूर्ति सहज नभएका कारण ग्राउन्ड सपोर्टका साधन सञ्चालन नै रोकिने अवस्थामा पुगिसकेकोले पनि जुनसुकै
बेला हवाई उडान रद्दको सूचना जारी हुन सक्छ ।

तराई बन्द र
भारतले लगाएको नाकाबन्दीका कारण सडक यातायातको दसैंलाई टिकट बुकिङ अनिश्चित भएपछि यस वर्ष तुम्लिङ्गटार
लगायत देशै भरी हवाई यात्रुको चाप बढेको हो ।

संखुवासभा
जिल्लाको तुम्लिङ्गटार बिमानस्थलमा यात्रुको चाप बढे पछि अब केही दिनमा नै गोमा एयरलाइन्सले दैनिक २
पल्ट उडान गर्ने जनाएको छ । इन्धन अभावले सवारीसाधन, होटेलदेखि वायुसेवासम्म प्रभावित हुन थालिसकेका छन्

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई