By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    3 hours ago
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    21 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    23 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    23 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    3 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    23 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: आठ महिनामा १७ लाख बढी राजश्व संकलन, ६ हजार बढी सवारीलाई कारवाही 
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > लुम्बिनी प्रदेश > दाङ्ग - DNG > आठ महिनामा १७ लाख बढी राजश्व संकलन, ६ हजार बढी सवारीलाई कारवाही 
दाङ्ग - DNGसमाज

आठ महिनामा १७ लाख बढी राजश्व संकलन, ६ हजार बढी सवारीलाई कारवाही 

साझासवाल
Last updated: March 16, 2016 2:01 am
साझासवाल
7 Min Read
Share

सन्तोषकुमार गुप्ता । चैत ३, भालुवाङ्ग । अस्थायी ट्राफिक प्रहरी कार्यालय भालुवाङ्गले आठ महिनाको अवधिमा ६ हजार बढी सवारी साधन कार्वाहीबाट १७ लाख बढी राजश्व असुली गरेको छ । ट्राफिक प्रहरी कार्यालय भालुवाङ्गले साउन देखि फागुन मसान्त सम्म आठ महिनाको अबधिमा ६ हजार ४ सय सवारी साधन कार्वाहीबाट १७ लाख ३४ हजार ४ सय रुपैयाँ राजश्व असुली गरेको जनाएको छ ।

अस्थायी ट्राफिक प्रहरी कार्यालय भालुवाङ्गले आफ्नो कार्यक्षेत्रमा नियमित दैनिक सवारी साधन छड्के चेक जाँचका क्रममा साउन देखि फागुन मसान्त सम्मको आठ महिनाको अवधिमा उक्त सवारी साधन कार्वाहीबाट सो राजश्व असुली भएको जनाएको छ । यो राजस्व असुली छोटो समयमा पनि भालुवाङ्ग ट्राफिक प्रहरीको हकमा जिल्लाकै बढी भएको पाईएको छ, भने सबै भन्दा धेरै सवारी साधन कार्वाही गरेको समेत अस्थायी ट्राफिक प्रहरी कार्यालय भालुवाङ्गले जनाएकोे छ । जस मध्ये साउन महिनामा ७ सय ५० सवारी साधन कार्वाहीबाट २ लाख ३ हजार सय, भदौ महिनामा १ सय ५० सवारी साधन कार्वाहीबाट ५१ हजार, असोज महिनामा ३ सय सवारी साधन कार्वाहीबाट ८९ हजार १ सय र कात्र्तिक महिनामा ८ सय ५० सवारी साधन कार्वाहीबाट २ लाख ४ हजार ३ सय राजस्व संकलन भएको अस्थाई ट्राफिक प्रहरी पोष्ट भालुवाङ्गका प्रहरी प्रमुख चन्द्र केसीले जानकारी दिए ।

त्यस्तै मंसिरमा ९ सय ५० सवारी साधन कार्वाहीबाट २ लाख ३५ हजार ५ सय, पुसमा १ हजार ५० सवारी साधन कार्वाहीबाट ३ लाख १ हजार ३ सय, माघमा १ हजार १ सय सवारी साधन कार्वाहीबाट ३ लाख १७ हजार र फागुन महिनामा १२ सय ५० सवारी साधन कार्वाहीबाट ३ लाख ३२ हजार ३ सय रुपैयाँ राजस्व संकलन भएको प्रहरी प्रमुख केसीले जानकारी दिए । साउन देखि फागुन मसान्त सम्ममा सबै भन्दा बढी राजश्व फागुन महिनामा संकलन भएको छ । फागुन महिनामा मात्रै १२ सय ५० सवारी साधन कार्वाहीबाट ३ लाख ३२ हजार ३ सय रुपैयाँ राजस्व संकलन भएको अस्थाई ट्राफिक प्रहरी पोष्ट भालुवाङ्गले जनाएको छ । भदौ महिनाबाट शुरु भएको थरुहट आन्दोलन, चक्काजाम र नाकाबन्दीका कारण सवारीसाधन सञ्चालनमा नआउँदा अन्य महिनाको तुलनामा भदौ, असोज, कात्र्तिक, मंसिर र पुस महिनामा कम सवारीसाधन कार्वाहीबाट थोरै राजश्व असुली भएको देखिएको प्रहरी प्रमुख केसीले बताए ।

त्यस्तै आठ महिनाको अवधिमा सवारी साधन कार्वाहीमा ट्रक टिप्पर २ हजार ५ सय ७३ कार्वाहीबाट ६ लाख ८६ हजार, बस ९ सय ३८ कार्वाहीबाट २ लाख ४६ हजार ७ सय, जीपकार ७ सय ९५ कार्वाहीबाट १ लाख ७१ हजार ३ सय, टेक्टर ३ सय २४ कार्वाहीबाट ७६ हजार ८ सय र मोटरसाईकल १ हजार ७ सय ७० कार्वाहीबाट ५ लाख ५३ हजार ६ सय रुपैयाँ राजश्व संकलन भएको प्रहरी सहायक निरक्षक केसीले जानकारी दिए । त्यसैगरी आठ महिना कै अवधिमा ९३ वटा मापसे फेला परेको कार्यालयले जनाएको छ । जस अनुसार साउनमा ९ जना, भदौमा ३ जना, असोजमा ५ जना, कात्तिृकमा ११ जना, मंसिरमा ९ जना, पुसमा १६ जना, माघमा २२ जना र फागुनमा १८ जना मापसे फेला पारी कार्वाहीमा गरिएको प्रहरी सहायक निरिक्षक चन्द्र केसीले जानकारी दिए । मोटरसाईकल चालकहरु एक भन्दा आर्को पटक मापसे कार्वाहीमा नदोहिरिएको प्रहरी सहायक निरक्षक केसीले बताए । ट्राफिक प्रहरी कार्यालय भालुवाङ्गले शुरु गरेको दैनिक तीन पटक छडके सवारी साधन चेक जाँचका क्रममा आठ महिनाको अवधिमा ट्रकले बढी ट्राफिक नियम उल्लंघन गरेको तथ्याङ्कमा उल्लेख छ । ट्रकहरुले ओभर लोड, भवरलोड, ढाला खुल्ला र अनियमित लोडका कारण कार्वाहीमा परेको केसीको भनाई छ । बसले बसको छतमा व्यापारिक समान बोक्न निरुत्साहित गरिएको, सिट क्षमता भन्दा बढी यात्रु चढाउने बसलाई यात्रुलाई ओर्राली कार्वाही गर्ने गरिएको कार्यालयले जनाएको छ । त्यस्तै मोटरसाईकल चालकले पनि साथमा कागज पत्र नलिएर, हेल्मेट प्रयोग नगरेको र तीन जना यात्रु बसालेका कारण मोटरसाईकल पनि बढी कार्वाहीमा परेको केसीले जानकारी दिए । टेक्टरको सवालमा भने अनियमित लोड, ओभरलोड र साथमा कागजपत्र नलिएर सवारी चलाएको कारण कार्वाही गरिएको कार्यालयले जनाएको छ ।

यता साउन देखि फागुन मसान्त सम्म आठ महिनाको अवधिमा अस्थाई ट्राफिक प्रहरी पोष्ट भालुवाङ्गको कार्य क्षेत्र तथा ईलाकामा १२ वटा सवारी साधनहरु दुर्घटना भएको छ, भने १० जनाको मृत्यु भएको र ३५ जना समान्य घाईते भएको तथा उपचार गरिएको प्रहरी सहायक निरक्षक केसीले जानकारी दिए । साउन महिनामा २ वटा दुर्घटनामा १ पुरुषको मृत्यु, भदौ महिनामा १ वटा दुर्घटनामा १ पुरुषको मृत्यु, कात्तिक महिनामा २ वटा दुर्घटनामा २ को मृत्यु, पुस महिनामा १ वटा दुर्घटनामा १ पुरुषको मृत्यु, माघ महिनामा २ वटा दुर्घटनामा २ को मृत्यु र फागुनमा महिनामा ४ वटा दुर्घटनामा १ महिला सहित २ पुरुषको मृत्यु भएको प्रहरी प्रमुख केसीले जानकारी दिए । अस्थायी ट्राफिक प्रहरी कार्यालय भालुवाङ्गले आफ्नो कार्य क्षेत्रमा दुर्घटना न्युनिकरणका लागि ईलाका प्रहरी कार्यालय भालुवाङ्ग र सामुदायिक प्रहरी सेवा केन्द्र लालमटियाको समन्वयमा संयुक्त रुपमा आफ्नो कार्य क्षेत्र भित्र तथा ईलाकाका विभिन्न ठाउँहरुमा दैनिक तीन पटक नियमित छड्के सवारीसाधन चेकजाँच कडाई बनाउनुका साथै सचेतना कार्यक्रमहरु समेत सञ्चालन गदै आएको छ । सडक दुर्घटना चालकको लापवाहीले मात्र नभई पैदल यात्री, इन्जेन खराबीका कारणबाट समेत हुने भएको हुँदा प्रहरीको एक्लो प्रयासबाट मात्र दुर्घटना न्युनिकरण नहुने प्रहरी प्रमुख केसीको भनाई छ ।

सडक दुर्घटना कम गर्न सबै पक्ष जिम्मेवार र समेवित हुन पर्ने केसीको भनाई छ । जसका लागि गाडी चालक, पैदल यात्री, विद्यार्थी, सड्क सुधार, गाडीको इन्जेन समय—समयमा सर्भिसिङ्ग गरी ट्राफिक नियमको सही रुपमा पालन गर्न सके मात्र सड्क दुर्घटनामा कमी हुने केसीको भनाई छ । यसका लागि सबैको साथ, सहयोग र सुझावको समेत आवश्यकता रहेको केसीले बताए । सवारी दुर्घटना न्युनिकरण गर्न ईलाका प्रहरी कार्यालय भालुवाङ्ग, अस्थायी ट्राफिक प्रहरी कार्यालय भालुवाङ्ग र सामुदायिक प्रहरी सेवा केन्द्र लालमटियाको समन्वयमा संयुक्त रुपमा आफ्नो कार्य क्षेत्र भित्र तथा ईलाकाका विभिन्न विद्यालयमा विद्यालय केन्द्रित सचेतना अभियान, हाईवे केन्द्रित चालक, पैदल यात्रीहरुलाई ट्राफिक सचेतना, बाटो क्रस गर्ने तरिका, सरोकारवालाहरु संग समय—समयमा अन्र्तक्रिया लगायतका कार्यक्रमहरु सञ्चालन गदै आएको ईलाका प्रहरी कार्यालय भालुवाङ्ग प्रहरी प्रमुख मदन केसीले जानकारी दिए । सवारी चेकजाँचका क्रममा ट्राफिक नियम उल्घन गर्ने जो कोहीलाई पनि नछोडिएको प्रहरी प्रमुख केसीले जानकारी दिए ।

यता सवारी चेकजाँच कडा बनाए पछि जीपकारमा यात्रु झुडाउने, बसमा जथाभावी यात्रु कोच्ने, सिट क्षमता भन्दा बढी यात्रु चढाउने, मापसे गरी सवारी साधन साधन चलाउने र कागजपत्र नलिई सवारी साधन चलाउने क्रम सुधार भएको र सजिलो संग यात्रा गर्न पाएको भन्दै सर्वसाधरणले प्रहरीको कार्य प्रति सह्रार्न समेत व्यक्त गरेका छन् ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article शिवरात्रीमा हराएका व्यक्ति मृत फेला, गुफाबाट निकाल्न प्रहरीको विशेष टोली आज आउदै
Next Article आठ महिनामा १७ लाख बढी राजश्व संकलन, ६ हजार बढी सवारीलाई कारवाही 
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

समाज

आजको मौसमः चार प्रदेशका पहाडी भु भागमा बर्षा हुने

57 years ago
इलाम - ILMसमाज

इलामको क्वारेन्टिनमा मृत्यु भएका युवकको रिपोर्ट नेगेटिभ

57 years ago
काठमाडौँ - KTMसमाज

चुडामणी शर्मालाई तारेखमा छाड्न सर्वोच्च अदालतको आदेश

57 years ago
समाज

दावा छिरिङ सुन तस्करका नेपाली व्यवस्थापक : सीआईबी

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?