2026-10-15 09:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सूचनाको हकसम्वन्धी तीन दिने कार्यशाला

फागुन ५, सुर्खेत |  फ्रिडम फोरम नेपालले सरकारी कार्यालयका सूचना अधिकारीहरुलाई सूचना प्रवाहमा सहजता ल्याउन सूचनाको हकसम्वन्धी तीन दिने कार्यशाला संचालन गरेको छ । तालिममा फ्रिडम फोरमका अध्यक्ष हरिविनोद अधिकारीले सरकारी कार्यालयका सूचना अधिकारीहरुलाई सूचना प्रवाहमा सहजता ल्याउनका लागि कार्यशालाको आयोजना गरिएको बताए ।

उनले जति राम्ररी सूचना प्रवाह गर्न सकियो, त्यति नै नागरिकले सूचनाको हक उपभोग गर्न पाउने भएकोले सूचना अधिकारीहरुको समस्या पहिचान र समस्याका उपायहरु यस कार्यशालामा खोजिने उल्लेख गरे । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सभापति धर्मेन्द्र झाले नयाँ संरचना अनुसार स्थानीय तहलाई सूचनाको हकको प्रयोग गरेर पारदर्शी बनाउन आवश्यक रहेको बताए ।

उनले लोकतन्त्रको सुदृढिकरण सूचनाको हकबाट हुने भएकोले त्यसका लागि सरकारी कार्यालयका सूचना अधिकारीहरुको भूमिका गहन हुने जनाए । पत्रकार महासंघका उपाध्यक्ष विपुल पोख्रेलले नागरिकलाइ बलियो बनाउने माध्यम नै सूचनाको हक भएको बताए । उनले सूचना अधिकारीहरुले सहज रुपमा प्रदान गर्ने सूचनाबाट उपभोक्ताहरु सन्तुष्ट हुने र सरकारी कार्यालयको कामपनि पारदर्शी हुने जनाए । भेरी र राप्ती अंचलका विभिन्न कार्यालयका गरी दुई दर्जन सूचना अधिकारीहरुको सहभागिता रहेको कार्यशालामा फ्रिडम फोरमका कार्यक्रम अधिकृत संजीव घिमिरेले कार्यशालाको उपादेयतामाथि प्रकाश पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने