राज खड्काकाे मलाइ प्रेम शराब भोको म्युजिक भिडियो सार्वजनिक

साझासवाल
mvयोगेन्द्र योगी ।
असोज १९, संखुवासभा ।
 गायक राज खड्काकाे  म्युजिक भिडियो ‘मलाइ प्रेम शराब भो…’ हालै
सार्वजनिक भएको छ । भिडियो सङ्स नेपालमार्फत युट्युबमा सार्वजनिक गरिएको हो । गीतको शब्द/सङ्गीत पनि
गायक खड्काकै रहेको छ ।  ज्ञानेन्द्र थापा र विवेक तिमल्सिनाकाे निर्देशनमा तयार भएको भिडियोमा दिपीका
थापा,अनु लिम्बु, अभिषेक नेपाल, सञ्जिता ढकाल, मदनलगायतले अभिनय गरेका छन् ।
खोटाङमा जन्मिएका खड्काले यसअघि विभिन्न कलेक्सन एल्बमहरूमा स्वर दिसकेका छन् ।
सानैदेखि संगीतमा रूचि भएको बताउने उनले मलेसियाबाट फर्किएपछि  संगीत क्षेत्रमा होमिएको बताए । अाधुनिक
गीतमा रूचि राख्ने खड्का भन्छन्, ‘मलाई मन पर्ने गीत आधुनिक भएपनि म सबै किसिमका गीत गाउन सक्छु
लोक,पप, आधुनिक, सङ्गीत पनि गर्न सक्छु ।’ अाफु नेपाली संगीतमा निरन्तरता दिन लागिपारेकाे उल्लेख गर्दै
उनले भने, ‘म निरन्तरता दिन्छु किनकि निरन्तरता दिन्छु भनेरै कसम खाएको छु ।’

Leave a Comment

Leave a Reply