२८ माघ २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

भालुवाङमा खानेपानीको चुनावी रौनकता यस्तो छ ! (फोटोफिचर)

१३ चैत्र २०७२, शनिबार १२:०७

khanepani chunab5दुबै प्यानलका उम्मेद्धारहरु मतदाताको घर—घरमा, माईकङ्ग देखि पर्चा पम्पलेट सम्म

सन्तोषकुमार गुप्ता/चैत १३, भालुवाङ्ग । देउखुरीको भालुवाङ्गमा शनिबार चुनावी रौनकता बढेको छ । उम्मेद्धारहरु आ—आफ्ना पक्षमा मत हाल्न मतदाताहरुको घर—घरमा पुगेका छन् । चैत १५ गते सोमबार बिहान ८ बजे देखि हुने मतदानका लागि उम्मेद्धारहरु शुक्रबार साँझा देखि नै चुनावी प्रचार—प्रसारमा जुटेका हुन् ।

प्रशग हो, भालुवाङ्ग खानेपानी तथा सरसफाई उपभोक्ता समितीको, गत फागुन २८ गते भएको समितीको चौथो बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनमा नयाँ कार्य समिती चयनमा सर्व सम्मत हुन नसके पछि चैत १५ गते सोमबार निर्वाचनको मिति तय गरिएको छ । सोही अनुरुप उम्मेद्धारहरु उपभोक्ताहरुको घरदैलोमा भोट माग्दै चुनावी प्रचारमा जुटेका हुन् । समूहको नयाँ कार्य समिती चयनका लागि दुई वटा प्यानल चुनावी मैदानमा उत्रिएका छन् । सयुक्त लोकतान्त्रिक उपभोक्ता प्यानलका अध्यक्ष हस्तबहादुर गुरुङ्ग र सयुक्त बामपन्थी प्यानलका अध्यक्ष टोपबहादुर कार्कीको प्यानल चुनावी मैदानमा छ ।

khanepani chunab4

चुनावी प्रचार—प्रसारका लागि निर्वाचन समितीले चैत १४ गते आईतबार राती १२ बजे सम्मको समय निर्णधारण गरेको छ । अध्यक्ष हस्तबहादुर गुरुङ्गको सयुक्त लोकतान्त्रिक उपभोक्ता प्यानललाई नेपाली काँग्रेस र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको छ भने अध्यक्ष टोपबहादुर कार्कीको सयुक्त बामपन्थी प्यानलको प्यानललाई एकिकृत नेकपा माओवादी, नेकपा एमाले, बैद्ध माओवादी र बिप्लप माओवादीको समर्थन छ ।

khanepani chunab3

सयुक्त लोकतान्त्रिक उपभोक्ता प्यानलका अध्यक्ष हस्तबहादुर गुरुङ्ग नेपाली काँग्रेस लालमटिया ईकाइ समितीका सचिव तथा भालुवाङ्ग खानेपानी तथा सरसफाई उपभोक्ता समितीका पूर्व सचिव हुन् । त्यस्तै सयुक्त बामपन्थी प्यानलका अध्यक्ष टोपबहादुर कार्की एकिकृत नेकपा माओवादी लालमटिया गाउँ पार्टीका पूर्व उपाध्यक्ष तथा भालुवाङ्ग खानेपानी तथा सरसफाई उपभोक्ता समितीका निर्वतमान बरिष्ठ उपाध्यक्ष हुन् । अध्यक्ष पदका दुबै उम्मेद्धार लालमटिया—३ पाखापानीका हुन् ।

khanepani chunab2

सयुक्त लोकतान्त्रिक उपभोक्ता प्यानलका अध्यक्ष हस्तबहादुर गुरुङ्गले निर्वाचन अघि को बिजय हुने भन्ने बिषयमा अहिले केही नबोल्ने, मैले उपभोक्ताहरुको लागि कतिको काम गरेको छु, त्यो त मत परिणामले नै बताउँछ उनले भने । उपभोक्ताहरुको निर्णय नै मेरो सर्व मान्य हुने छ, गुरुङ्गले भने । हामी चुनाव प्रचार—प्रसारमा जाँदा पनि तपाईहरुबाटै थुप्रै आसा गरेका छौँ लगायतका प्रत्तिक्रिय आउको बताए । म पूर्व सचिव हुादाको कार्यकालमा ६ सय ३४ धारामा प्रयाप्त पानी प¥याएका थियौँ यस मानेमा मतदाताहरु मेरै पक्षमा छन् गुरुङ्गले भने ।

khanepani chunab

मेरो प्यानललाई बिजय बनाएमा हाम्रो कार्यकालमा खानेपानीको आफ्नै भवन बनाई उपभोक्तालाई सहज सेवा सुविधा दिने, सबै उपभोक्ताको घरघरमा स्वच्छ खानेपानीको दिर्घकालीन व्यवस्था गर्ने, २०७३ साल अषाढ मसान्त भित्र हाल वनिरहेको ५ लाख लिटरको पानी टंकीबाट पुलचोक, भालुवाङ, क्षेत्रमा पानी संचालन गरी उपभोक्ताको घरमा पु¥याउने, पाखापानी र लालमटिया क्षेत्रका उपभोक्तालाई आवश्यकता अनुसार पानी पु¥याउन पाखापानीमा रहेको वोरिङ सँग संझौता गरी निरन्तर उपभोक्ताको घरघरमा पानी पु¥याउने बताए ।

त्यस्तै पुरानो उपभोक्ताको हकमा सर्वेक्षणको आधारमा पुरानै दररेटमा ६ महिनाभित्र धारा सहितको मिटर जडान गर्ने, पुरानो उपभोक्ताको हकमा सर्वेक्षणको आधारमा पुरानै दररेटमा ६ महिनाभित्र धारा सहितको मिटर जडान गर्ने, भालुवाङ खानेपानी तथा सरसफाई उपभोक्ता समितिको क्षेत्रभित्रका गरिब तथा निम्न–स्तरका आयश्रोत भएका उपभोक्ताहरुलाई २०७३ साल भित्र ६ थान पानी मिटर निशुल्क उपलब्ध गराउन र एकल (महिला,पुरुष), अपाङ्ग, टुहुरा, अति विपन्न वर्गलाई छनोट गरी प्रति बर्ष ५ थान पानीको मिटर निःशुल्क वितरण गरिने समेत प्रतिबद्धता व्यक्त गरे ।

khanepani chunab 1

त्यस्तै गुरुङ्गले ३ बर्षे कार्यकाल भित्रका प्राथमिकता योजनाहरु समेत चुनावी एजेण्डा रहेको प्रतिक्रिया दिए । सयुक्त लोकतान्त्रिक उपभोक्ता प्यानलका उम्मेद्धार तथा समर्थकहरुले शनिबार पुल्चोक बजार तथा पुरानो भालुवाङ्ग बजारमा चुनावी प्रचार—प्रसार गरेको सयुक्त लोकतान्त्रिक उपभोक्ता प्यानल चुनाव प्रचार—प्रसार समितकिा संयोजक नुमानन्द सुवेदीले जानकारी दिए ।

यता सयुक्त बामपन्थी प्यानलका अध्यक्ष टोपबहादुर कार्कीले आफ्नो पक्षमा अत्याधिक मत रहेकोले बिजय सुनिश्चत भएको दाबी गरेका छन् । हाम्रो कार्यकालमा पानी बितरणमा सर्वसुलभता, समितीको छुट्टै भवन, पुल्चोकमा निर्माण गरिएको पाँच लाख लिटरको ट्याङ्कीबाट तत्काल पानी बितरण, साँझा बिहान दुई पटक पानी बितरण, समितीको हिसाब किताब, बैज्ञानिक, स्पष्ट, पारदर्शिता बनाउने र भष्टचार रहित समिती बनाउने कार्कीले प्रतिबद्धता व्यक्त गरेका छन् ।

khane pani

भालुवाङ्ग खानेपानी तथा सरसफाई उपभोक्ता समितीमा हाल सम्म कुल उपभोक्ता घरधुरी मतदाता ९ सय ५५ रहेको निर्वाचन समितीको कार्यालयले जनाएको छ । निर्वाचन चैत १५ गते बिहान ८बजे देखि साँझा ५ बजे सम्म मतदान र मतदान पछि मतगणा शुरु गर्ने तथा सोही दिन नै मतपरिणाम संगै बिजय उम्मेद्धार घोषणा गरिने निर्वाचन समितीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाडीसँग मोटरसाइकल ठोक्किँदा पछाडि बस्ने युवकको मृत्यु, चालक घाइते बालेनको स्वरमा फिल्म ‘लाज शरणम्’को गीत ‘नेपाल हाँसेको’(भिडियोसहित) प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा, पदमुक्त गर्नसमेत माग जुनसुकै देशबाट आयात हुने स्टील र आल्मुनियममा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा अध्यादेशबाट देश चलाउने काम निरंकुशताको प्रस्थान बिन्दु : शेखर कोइराला माओवादी केन्द्रले गर्‍यो तीन नेतालाई पदमुक्त गृहमन्त्रीसँग केबुलकार विरोधी समूहले वार्ता नगर्ने , आन्दाेलन घाेषणा संसद् भवन प्रवेश गर्न खोजेको आरोपमा सुनार पक्राउ सामाजिक सञ्जाल सम्बन्धी विधेयक मान्य छैनः सांसद मनिष झा वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीनजना पक्राउ बूढानीलकण्ठमा पूरै घर भाडामा लिई अनलाइन ठगीमा संलग्न २३ भारतीय पक्राउ, तीन अर्ब बढीको कारोबार पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु खेलकुदमन्त्रीले ‘श्री ५ को सरकार’ लेखेकोप्रति माओवादी सांसदको आपत्ति चाबहिलमा २ समूहबिच झगडा हुँदा एक युवकको हत्या, ३ जना पक्राउ सरकारको नियतमा शंका नगर्नुस् भन्ने गृहमन्त्रीले एआईजीको राजीनामा गराए : सुमना श्रेष्ठ आगामी साता सार्वजनिक हुँदै सस्तो आईफोन: के-के छन् विशेषता, मूल्य कति ? चिसापानी-गड्डाचौकी सडकखण्ड ६ लेनको बन्छ : परराष्ट्रमन्त्री राणा बालेन शाहलाई अमरेशकुमारको चूनौति : हिम्मत छ भने सिंहदरबार र संसद् भवन भत्काएर देखाउ(भिडिओ) आम निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुन्छः महामन्त्री थापा मेयर भएपछि बालेनको पहिलो ‘नेपाल हाँसेको हेर्न चाहन्छु’ बोलको गीत सार्वजनिक हुँदै