२०८३, २६ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

म्याग्दीको जयन्ती माविको भवन निर्माणका लागि पन्ध्र लाख सहयोग

२०७४, ७ फाल्गुन सोमबार ०५:५९

फागुन ७, म्याग्दी  | बेनी नगरपालिका–३ भकिम्लीमा रहेको जयन्ती माविको भवन निर्माणका लागि बेल्जियमको एक संस्थाले रु पन्ध्र लाख सहयोग गरेको छ । 

बेल्जियमको हिमालयन प्रोजेक्टले समुदायको अगुवाइमा निर्माण हुन लागेको भवनका लागि उक्त सहयोग गरेको हो । संस्थाका पाउल भान्द्रेले बेल्जियमबाट पठाउनुभएको उक्त रकम अन्नपूर्ण गाउँपालिका–६ चित्रेका दीपक पुनमार्फत वडाध्यक्षसमेत रहनुभएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम पुनलाई आइतबार हस्तान्तरण गर्नुभयो । 

चित्रेकी नीता बुद्धुजा पुनसँग विवाह गरेका पाउलले गत वर्ष बेल्जियममा रहेका भकिम्लीका लोकबहादुर रानासँगै विद्यालयको निर्माणाधीन भवनको अवलोकनका क्रममा सहयोगको प्रतिबद्धता जनाउनुभएको थियो । हिमालयन प्रोजेक्टको सहयोगमा चित्रेमा सामुदायिक क्लिनिक सञ्चालन भएको छ । उक्त संस्थाले जिल्लाका अन्य विद्यालयमा समेत पूर्वाधार निर्माणमा सहयोग गरेको छ । विसं २०७२ को भूकम्पका कारण विद्यालयको पुरानो भवन जीर्ण बनेपछि २०७३ देखि दशकोठे नयाँ भवन निर्माण शुरु भएको थियो । 

अन्तिम चरणमा पुगेको उक्त भवन निर्माणका लागि रु एक करोडभन्दा बढी सहयोग जुटेको छ । रु डेढ करोड खर्च भइसकेको छ । जिल्ला शिक्षा कार्यालयले रु १९ लाख ५० हजार र तत्कालीन भकिम्ली गाविसले रु दश लाख उपलब्ध गराएको थियो । कक्षा दशसम्म पठनपाठन हुने विद्यालयमा दुई सयजना विद्यार्थी अध्ययनरत छन् । 

यसैगरी, रघुगंगा गाउँपालिका–१ बेगमा रहेको महादेव माविको कक्षा कोठा भवन पुनःनिर्माणका लागि हङकङमा आर्थिक सहयोग संकलन अभियान चलाएका छन् । जीर्ण अवस्थामा रहेको पुरानो भवन विस्थापित गरी नयाँ भवन निर्माणका लागि हङकङमा बस्दै आएका बेगखोलावासी आबद्ध बेगखोला कल्याणकारी समाज, हङकङले सहयोग जुटाउन अभियान थालेको हो । 

समाजले हङकङमा आयोजना गरेको कार्यक्रममा बेगखोला, म्याग्देली र अन्य नेपालीबाट एकै दिनमा रु १२ लाख २० हजार जुटाइएको समाजका अध्यक्ष गिरी शेरपुञ्जाले बताउनुभयो । प्रवासमा रहेका बेगखोलावासीको पहलमा यसअघि गाउँमा सडक पुर्याइएको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँबाट वीरगञ्जका लागि छुटेको एक रात्री बस दुर्घटना युवा तथा कामदार जनशक्तिलाई स्वदेशमै इच्छाइएको रोजगारी प्रदान गर्न देशमा चुनौतीहरू छन्: राष्ट्रपति पौडेल स्रोत नखुलेको मुद्रासहित दुई जनालाई पक्राउ समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन सुनको मूल्य बढ्यो संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध