प्रज्वल पौडेल/फागुन ७, रामेछाप । रामेछाप जिल्ला स्थित मन्थली नगरपालिका १ मा रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेड साेमबारबाट सहकारी अध्ययन भ्रमणमा निस्किएको छ ।

सहकारीको साधारणसभाबाट गोलाप्रथाद्धारा छनौट भएका सहकारीका शेयर सदस्य र संचालक समितिका पदाधिकारी सहित ३० जनाको टोली सहकारी भ्रमणमा निस्किएको हो ।

संस्थाका आफ्ना शेयर सदस्यलाइ अन्य जिल्लाको सहकारीको अध्ययन अवलोकन गरि बचत तथा ऋण कारोबार नियमित गराउनका लागी भ्रमणमा लगिएको संस्थाका व्यवस्थापक रमेश उदाशले बताउनुभयो ।

उहाँले सहकारीको अध्ययन अवलोकन पश्चात क्षमता अभिबृद्धि हुने, नेतृत्व विकास हुने र सहकारीको मूल्य मान्यता अनुसार सहकारी संचालनमा सहजता आउने विश्वास व्यक्त गर्नुभयो ।

सहकारी अध्ययन भ्रमणको टोलीले चितवन, भैरहवा, लुम्बिनी, बुटवल, हेटौंडा लगायतका विभिन्न सहकारी संस्थाको अवलोकन,ऐतिहासिक, धार्मीक पर्यटकिय स्थलको समेत भ्रमण गर्ने कार्यक्रम रहेको संस्थाका सह व्यवस्थापक रामचन्द्र बुढाथोकीले बताउनुभयाे ।

उहाँले नमूना सहकारीका रुपमा रहेका सहकारी संस्थाको अवलोकन गरी त्यहाँ भएका नौला र जीवनउपयोगी सहकारी अभियानका बारेमा जानकारी प्राप्त हुने विश्वास व्यक्त गर्नुभयाे ।

सफल सहकारीहरुका प्रगतिका बारेमा आफ्ना शेयर सदस्यलाई जानकारी गराउँदै आफ्नो ठाउँमा समेत थप सफलता हाँसिल गर्न भ्रमण आयोजना गरिएको संस्थाले जनाएको छ ।

भ्रमण टाेली फाल्गुण ११ गते बेलुका मन्थली अाइपुग्ने कार्यक्रम रहेको छ । साकाेसले विगतका बर्षमा पनि यस्ता भ्रमण गरेको थियो ।

Related News