पढ्न करिब 2 मिनेट लाग्छ

फागुन ७, काठमाडौं । भूमिसुधार कार्यालय, भक्तपुरका शाखा अधिकृत चुडामणि चापागाईं सेवाग्राहीबाट ४ लाख घुस लिँदालिँदै पक्राउ परेका छन् । उनलाई भ्रष्टाचार विरुद्ध राष्ट्रिय अभियान नेपालको सहयोगमा अख्तियारले पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कोटेश्वरस्थित शिखर खाजा घरबाट उनलार्इ नियन्त्रणमा लिएको छ । खानतलाशीको क्रममा प्रहरीले चुणामणिबाट बिभिन्न बुदामा काम गर्ने एक पन्ने लिस्ट सहित एक थान मोबाइल, ३ थान एटिएम कार्ड समेत बरामद गरेको छ ।

झापा घर भई हाल काठमाडौँको महादेवस्थान बस्दै आएका चापागाईले सुदर्शन पौडेलसँग ५ लाख घुस मागेका थिए तर उनले पछी ४ लाखमा कुरा मिलाई आज करिव साढे ३ बजे कोटेश्वरस्थित होटलमा बोलाई पैसा लिएका थिए | लगत्तै उनलाई भ्रष्टाचार बिरुद्ध राष्ट्रिय अभियानको टोलीको सहकार्यमा ४ बजेर २० मिनेटमा अख्तियारले रंगेहात पक्राउ गर्न सफल भएको थियो |

चापागाईले मोही र तलसिङको जग्गा १० रोपनीभन्दा बढी भएमा मन्त्रीपरिषदबाट निर्णय गर्नुपर्ने भन्दै उक्त जग्गा भिर/पाखा देखाई आफुले मिलाइदिने र त्यसबापत आफुलाई ४ लाख चाहिने बताएका थिए | यसै अनुरुप उनलाई दिने ४ लाख अख्तियारमार्फत बुझाई आज रंगेहात पक्राउ गरिएको हो |

पक्राउ परेका चापागाईबाट प्रहरीले छापा मारेको एक पत्रमा उनले दैनिक काम गर्ने लिस्ट समेत अनुसन्धानका लागि पठाएको छ | उक्त लिष्टमा दैनिक गर्नुपर्ने काम देखि जुत्ता किनेको समेत उल्लेख छ | जहाँ अख्तियार देखि बिभिन्न निकायको नामहरु उल्लेख गरिएको छ |

उनलाई छापा मारेको र पैसा लिएको भिडियोमा हेर्न सक्नुहुन्छ