२८ माघ २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा चारवटा नगरपालिका थपिदै

१९ चैत्र २०७२, शुक्रबार ०८:०२

सन्तोषकुमार गुप्ता, चैत १९, दाङ । दाङमा चारवटा नगरपालिका थपिने भएका छन् । जिल्लाका क्षेत्रनम्वर १, २, ४ र ५ मा एक–एकवटा नगरपालिका थपिने भएका हुन् ।

चारवटा नगरपालिका रहेको दाङमा गढवा, राप्ती, बबई र हापुरे नगरपालिका निर्माणका लागि मन्त्रालयमा पत्राचार गर्ने तयारी भएको जिविसले जनाएको छ ।

जिविस वोर्ड प्रतिनिधि एवं फोरम लोकतान्त्रिकका जिल्ला सचिव कुलबहादुर घर्तीले हिजो सम्पन्न बोर्ड बैठकले कोइलावास, गढवा र गंगापरस्पुर गाविसलाई मिलाएर गढवा नगरपालिका बनाउने र त्यसको केन्द्र गढवालाई बनाउने निर्णय भएको बताउनुभयो ।

उहाँका अनुसार हाँसीपुर, लालमटिया र सिसहनियाँ गाविसलाई मिलाएर राप्ती नगरपालिका बनाउने र त्यसको केन्द्र लालमटियालाई बनाउने निर्णय जिविस बोर्डले गरेको छ । त्यस्तै मानपुर, बिजौरी, डुरुवा र ढिकपुरको केही भागलाई मिलाएर बबई नगरपालिका बनाउने र त्यसको केन्द्र मानपुरको गौरीडाँडालाई बनाउने निर्णय भएको छ ।

त्यस्तै बागमारे, पञ्चकुले र पुरन्धारालाई मिलाएर हापुरे नगरपालिका बनाउने र त्यसको केन्द्र हापुरेलाई बनाउने निर्णय भएको घर्तीले जनाउनुभयो । यसपूर्व दाङमा घोराही, तुलसीपुर, त्रिपुर र लमही नगरपालिका गरी चारवटा नगरपालिका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाडीसँग मोटरसाइकल ठोक्किँदा पछाडि बस्ने युवकको मृत्यु, चालक घाइते बालेनको स्वरमा फिल्म ‘लाज शरणम्’को गीत ‘नेपाल हाँसेको’(भिडियोसहित) प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा, पदमुक्त गर्नसमेत माग जुनसुकै देशबाट आयात हुने स्टील र आल्मुनियममा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा अध्यादेशबाट देश चलाउने काम निरंकुशताको प्रस्थान बिन्दु : शेखर कोइराला माओवादी केन्द्रले गर्‍यो तीन नेतालाई पदमुक्त गृहमन्त्रीसँग केबुलकार विरोधी समूहले वार्ता नगर्ने , आन्दाेलन घाेषणा संसद् भवन प्रवेश गर्न खोजेको आरोपमा सुनार पक्राउ सामाजिक सञ्जाल सम्बन्धी विधेयक मान्य छैनः सांसद मनिष झा वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीनजना पक्राउ बूढानीलकण्ठमा पूरै घर भाडामा लिई अनलाइन ठगीमा संलग्न २३ भारतीय पक्राउ, तीन अर्ब बढीको कारोबार पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु खेलकुदमन्त्रीले ‘श्री ५ को सरकार’ लेखेकोप्रति माओवादी सांसदको आपत्ति चाबहिलमा २ समूहबिच झगडा हुँदा एक युवकको हत्या, ३ जना पक्राउ सरकारको नियतमा शंका नगर्नुस् भन्ने गृहमन्त्रीले एआईजीको राजीनामा गराए : सुमना श्रेष्ठ आगामी साता सार्वजनिक हुँदै सस्तो आईफोन: के-के छन् विशेषता, मूल्य कति ? चिसापानी-गड्डाचौकी सडकखण्ड ६ लेनको बन्छ : परराष्ट्रमन्त्री राणा बालेन शाहलाई अमरेशकुमारको चूनौति : हिम्मत छ भने सिंहदरबार र संसद् भवन भत्काएर देखाउ(भिडिओ) आम निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुन्छः महामन्त्री थापा मेयर भएपछि बालेनको पहिलो ‘नेपाल हाँसेको हेर्न चाहन्छु’ बोलको गीत सार्वजनिक हुँदै