2026-07-25 04:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा चारवटा नगरपालिका थपिदै

सन्तोषकुमार गुप्ता, चैत १९, दाङ । दाङमा चारवटा नगरपालिका थपिने भएका छन् । जिल्लाका क्षेत्रनम्वर १, २, ४ र ५ मा एक–एकवटा नगरपालिका थपिने भएका हुन् ।

चारवटा नगरपालिका रहेको दाङमा गढवा, राप्ती, बबई र हापुरे नगरपालिका निर्माणका लागि मन्त्रालयमा पत्राचार गर्ने तयारी भएको जिविसले जनाएको छ ।

जिविस वोर्ड प्रतिनिधि एवं फोरम लोकतान्त्रिकका जिल्ला सचिव कुलबहादुर घर्तीले हिजो सम्पन्न बोर्ड बैठकले कोइलावास, गढवा र गंगापरस्पुर गाविसलाई मिलाएर गढवा नगरपालिका बनाउने र त्यसको केन्द्र गढवालाई बनाउने निर्णय भएको बताउनुभयो ।

उहाँका अनुसार हाँसीपुर, लालमटिया र सिसहनियाँ गाविसलाई मिलाएर राप्ती नगरपालिका बनाउने र त्यसको केन्द्र लालमटियालाई बनाउने निर्णय जिविस बोर्डले गरेको छ । त्यस्तै मानपुर, बिजौरी, डुरुवा र ढिकपुरको केही भागलाई मिलाएर बबई नगरपालिका बनाउने र त्यसको केन्द्र मानपुरको गौरीडाँडालाई बनाउने निर्णय भएको छ ।

त्यस्तै बागमारे, पञ्चकुले र पुरन्धारालाई मिलाएर हापुरे नगरपालिका बनाउने र त्यसको केन्द्र हापुरेलाई बनाउने निर्णय भएको घर्तीले जनाउनुभयो । यसपूर्व दाङमा घोराही, तुलसीपुर, त्रिपुर र लमही नगरपालिका गरी चारवटा नगरपालिका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक