2026-06-30 07:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

भालुवाङ्ग खानेपानीका नवनिर्वाचित पद्धाधिकारीलाई सपथ ग्रहण

padhadhikari sapath garahanसन्तोषकुमार गुप्ता/चैत २०, भालुवाङ् । भालुवाङ्ग खानेपानी तथा सरसफाई उपभोक्ता समितीका नवनिर्वाचित पद्धाधिकारीलाई शनिबार सपथ तथा पदभार ग्रहण गरेका छन् ।

चैत १५ गते भएको निर्वाचनबाट बिजय भएका नवनिर्वाचित पद्धाधिकारीलाई भालुवाङ्गमा एक कार्यक्रमका बीच सपथ तथा पदभार ग्रहण गरेका हुन् । निर्वाचन समितीका संयोजक मानबहादुर कुमालको अध्यक्षता एवम् लालमटिया गाविस सचिव दामोदर पोख्रेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संयोजक कुमालले नवनिर्वाचित पद्धाधिकारीलाई पद तथा गोपीनियताको सपथ ग्रहण गराएका थिए ।

निर्वाचन समितीका सदस्य ठाकुरप्रसाद आचार्यको स्वागत मन्तव्यबाट शुर भएको कार्यक्रममा बोल्दै नव निर्वाचित अध्यक्ष गुरुङ्गले आफ्नै कार्यकालमा चौबिसै घण्टा पानी बितरण गर्ने गरी कार्य सञ्चालन बताए । उनले अबको केही दिनमै पानी बितरणमा नियमित तथा सहजता ल्याउनका लागि तत्काल कार्य अगाडी बढाईने बताए । गुरुङ्गले चुनावमा जे—जस्तो भए पनि अब सबैलाई मिलाएर सबैको सल्लाह—सुझावबाट मात्र अघि बढ्ने र सबै उपभोक्ताहरुको आसालाई बिश्वासमा बदल्ने समेत प्रतिबद्धता व्यक्त गरे ।

sapath garahan news

सो अबसरमा बोल्ने बक्ताहरुले नगरउन्मुख भालुवाङ्गलाई खानेपानी सहजता संगै बढ्दो फोहर व्यवस्थापन तर्फ समेत ध्यान दिनु पर्ने बताएका थिए । उनीहरुले नवनिर्वाचित कार्य समितीले उपभोक्राहरुको गुनासा तथा समस्यालाई तत्काल सम्बोधन गरी कार्य सम्पादन प्रक्रिया अगाडी बढाउन सुझाव समेत दिएका थिए ।

कार्यक्रममा नेपाली काँग्रेसका सभापति दुर्योधन पाण्डे, नेकपा एमालेकी रत्ना तिवारी, एकिकृत नेकपा माओवादीका प्रेमबहादुर खत्री, फोरम लोकतान्त्रिकका गोरखनाथ कसौधन, राष्ट्रिय जनमोर्चाका केशवराज खनाल, राप्रपाका केन्द्रिय सदस्य अलिमोहम्मद मियाँ, भालुवाङ्ग खानेपानी तथा सरसफाई उपभोक्ता समितीका निवर्तमान अध्यक्ष कमल केसी, ऐरावती आर्दश बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख बिष्णुप्रसाद भुसाल, निर्वाचन समितीका सदस्य दामोदर भण्डारी, पत्रकारद्धय सन्तोषकुमार गुप्ता र केशब बोहरा लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

चैत १५ गते भएको निर्वाचनमा नेपाली काँग्रेस र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको संयुक्त लोकतान्त्रिक प्यानलका परै टिम भारी मत ल्याई बिजय भएका थिए । कार्यक्रमको सञ्चालन टिका पोख्रेलले गरेका थिए ।

नवनिर्वाचित कार्यसमितीको पहिलो बैठक सम्पन्न
यसै बीच भालुवाङ्ग खानेपानी तथा सरसफाई उपभोक्ता समितीका नवनिर्वाचित कार्य समितीको पहिलो बैठक शनिबार आफ्नै कार्यकक्षमा सम्पन्न भएको छ ।

समितीका अध्यक्ष हस्तबहादुर गुरुङ्गको अध्यक्षतामा भएको बैठकले पहिलो चरणमा कार्य समितीका पद्धाधिकारीलाई आ—आफ्नो क्षेत्रका उपभोक्ताहरुको गुनासो, समस्या र मागलाई बुझन निर्देशन दिएका छ । उपभोक्ताहरुबाट आएको गुनासोलाई कार्य समितीको बैठकबाट क्रमश समस्या हल गदै जाने निर्णय समेत गरेको छ ।

साथै बैठकले भालुवाङ्ग खानेपानी तथा सरसफाई उपभोक्ता समितीको मिति २०७२ चैत १५ गते सम्पन्न निर्वाचनमा आफ्नो अमूल्य मत दिई बिजय बनाउनु हुने सम्पूर्ण उपभोक्ता मतदाता, संघ, संस्था, राजनितिकदल, उद्योगी, व्यपारी, शिक्षक, कर्मचारी, सञ्चारकर्मी, सञ्चारक्षेत्र, सुरक्षाकर्मी, संस्थाका कर्मचारी तथा अहोरात्र निर्वाचनमा खटीमा सौभाद्रपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्ने निर्वाचन समिती लगायत सम्पूर्णमा धन्यवाद समेत गरेको छ । बैठकको सहजीकरण समितीका सचिव बाबुराम थापाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ