८ माघ २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

राप्ती नगरपालिका बनाउने विषयमा चौतर्फी विरोध

२२ चैत्र २०७२, सोमबार १२:१२

ओमप्रकाश गुप्ता/ चैत २२, देउखुरी ।  देउखुरीमा सिसहनियाँ, लालमटिया र हाँसिपुर गाविसलाई समेटेर राप्ती नगरपालिका बनाउने विषयमा जिल्ला विकास समितिले प्रस्ताव गरेको निर्णय प्रति सिसहनियाँ गाविसबासीहरुले खुलेरै विरोध गरेका छन् । 

सिसहनियाँ गाविसले आइतवार आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत विरोध जनाएका हुन् । जिल्ला विकास समितिको यहि चैत २० गते बसेको सर्वदलिय बैठकले सिसहनियाँबासीको कुरा नै नसुनी आफु खुसी ती गाविसहरुलाई समेटी नगरपालिका बनाउन लागेकाले सिसहनियाँ गाविसका सम्पुर्ण राजनितिकदल, सिसहनियाँ उद्योग वाणिज्य संघ, प्रगतीनगर नगर विकास समिति , विभिन्न संघ सस्था तथा स्थानीयहरुले विरोध जनाएका हुन् । सिसहनियाँ र गोवरडिहा गाविसलाई समेटेर नगरपालिका बनाउने विषयमा छलफल प्रकृया अगाडी बढिरहेका बेला जिल्ला विकास समितिले यस्तो निर्णय गरेकाले हाम्रो गम्भीर ध्यानाकर्षक भएको एकिकृत नेकपा माओवादीका शान्तराज शर्माले भन्नु भयो ।
rapti sajhasabal 2
प्राकृतिक स्रोत साधन, भौगोलिक संरचना, भौतिक पुर्वाधार र सिमाना नै नमिलेको गाविसहरुलाई समेटन खोजेकाले हामी सिसहनियाँबासीहरुले कुनै पनि हालतमा यी गाविसलाई मिलाएर नगरपालिका बनाउन दिदैनौ सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकीले भन्नु भयो । नगरपालिका बनाउने विषयमा हाम्रो विरोध होइन् तर सम्बन्धीत गाविसहरु सँगनै छलफल नगरि आफु खुसी नगरपालिका बनाउने प्रस्तावमा हाम्रो विरोध भएको अध्यक्ष बुढाथोकीले भन्नु भयो ।
rapti sajhasabal
प्राकृतिक स्रोत साधन, भौतिक संरचना, पुर्वाधार मिलेको सिसहनियाँ र गोवरडिहालाई अलग गर्न खोजेकाले सिसहनियाँबासी त्यसमा मन्जुर नरहेको बताउदै नगरपालिका बनाउने भए सिसहनियाँ र गोवरडिहा नभए सिसहनियाँलाई मात्र नगरपालिका बनाउन हाम्रो मुख्य माग रहेको प्रगतीनगर नगर विकास समितिका अध्यक्ष गोर्वधन रावतले बताउनु भयो । हाल सिसहनियाँमा नगरपालिका निमार्ण समन्वय समिति समेत गठन भई प्रकृया समेत अगाडी बढेका बेला एक्कासी पत्रपत्रिकामा प्रकाशित समाचारले सिसहनियाँबासीहरु आक्रोशित हुदै जिल्ला विकास समितिलाई ज्ञापनपत्र बुझाउने समेत बताएका छन् । विरोध कार्यक्रमको नेतृत्व समेत गरेको उद्योग वाणिज्य संघले सिसहनियाँबासीको माग सम्बोधन नभए कडा आन्दोलन समेत गर्ने चेतवानी दिएका छन् ।

rapti sajhasabal 3
साथै कार्यक्रममा सिसहनियाँ गाविसले यस आर्थिक वर्षको दोस्रो चौमासिकमा सम्पन्न भएका विकासे योजना र लक्षित वर्गको कार्यक्रमको बारेमा गाविस सचिव मंगलप्रसाद चौधरीले जानकारी गराउनु भएको थियो । जस अन्र्तगत वडा नं. १ को सरगैहा डुड, वडा नं. २ को कल्र्भट निमार्ण, ५ को पक्कीवाल निमार्ण, ७ को बाटो मर्मत, ६ को कल्र्भट निमार्ण लगायतका सम्पुर्ण योजनाहरु पारदर्शी तरिकाले सम्पन्न भएको र केहि योजनामा सुधार गर्नु पर्ने देखिएको निष्कर्ष निकालिएको छ भने लक्षितवर्गका कार्यक्रम भने सवै पारदर्शी तरिकाले सम्पन्न भएको बताइएको छ ।
rapti sajhasabal 1
गाविस सचिव मंगलप्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काग्रेसका भिमलाल चौधरी, राष्ट्रिय जनमोर्चाका माधवप्रसाद आचार्य, नेकपाका जयप्रकाश चौधरी, वडा नागरिक मञ्चका रामप्रसाद चौधरी लगायतका वक्ताले बोल्नु भएको थियो । कार्यालय साहायक सरिता चौधरीको स्वागत मन्तव्य तथा सहजकर्ता तिर्थराज ज्ञवालीको सहजीकरणमा सुरु भएको कार्यक्रमको सञ्चालन गाविसका प्राविधिक विमला भट्टराई खनालले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यी सेवामा अब राष्ट्रिय परिचय पत्र अनिवार्य हुँदै बिहेकै रात गलत तरिकाले युवतीको ‘भर्जिनिटी टेस्ट’, फेल भएपछि यातना र तनाब ! अदालत पुग्यो मुद्दा भैरहवा पुगे लामिछाने, भोलि अदालतमा हाजिर हुने प्रहरीलाई गायिका आस्था राउतको कटाक्ष : न्वारन देखिको बल निकालेर ठोक्नु भएछ नी त्यो भाइलाई मामा.. पछिल्लो साढे ६ वर्षको अवधिमा नेपालमा १ अर्बभन्दा बढी कण्डमको आयात, कोभिडको समयमा सबैभन्दा बढी खपत मेयर राईलाई खानेपानी मन्त्रीले भने- यसै वर्ष टेन्डर हुन्छ, खुसी भएर धरान फर्किनुस् क्लोज क्याम्प छाड्दा कारबाहीमा नपरेका सन्दीपमाथि अम्पायरबारे टिप्पणी गर्दा अनुशासनको कारबाही भीम रावललाई गृहजिल्लामा समर्थन, हजारभन्दा बढीले छोडे एमाले क्यानको कारवाहीमा परे सन्दीप लामिछाने समीक्षा अधिकारी र ज्योती मगरबीच ‘सामाजिक सञ्जालयुद्ध’ भाइरल अभियन्ता आशिकालाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति शशांक र चन्द्र भण्डारीलाई दायाँ-बायाँ राखेर प्रचण्डको उद्घोष: ओली सरकार धेरै लामो जाँदैन महोत्तरीमा २९ वर्षीय युवकको शव अर्धनग्न अवस्थामा फेला, हत्याको आशंका लामिछानेसहितलाई धरौटीमा छोडनुको कारण पेश गर्न उच्च अदालतको आदेश युके,अमेरिका र अस्ट्रेलिया पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने एक महिलासहित तीनजना पक्राउ प्रहरीबाट युवकमाथि निर्घात कुटपिट : कुटिनुअघिको पष्ठभूमि के थियो ? विपिन जोशी सुरक्षित रहेको जनाउने तीन आधार महाकुम्भमा आँखाकै कारण भाइरल बनेकी मोनालिसालाई फिल्मकाे अफर डोनाल्ड ट्रम्पका नयाँ १० आदेश : अवैध आप्रवासी प्रवेशमा प्रतिबन्धदेखि मेक्सिकोको सीमामा आपतकाल घोषणासम्म रित्तो गाग्रीसहित सिंहदरबार पुगेका हर्क साम्पाङको गाग्री प्रहरीले खोस्यो