2026-06-30 12:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

खिड्की नाकामा ११ घर जल्दा १० लाख रुपैयाँको क्षति

aaglagi nws 2

चैत ३०, दाङ । देउखुरीको राजपुर गाबिस ९ भैसाहीको खिड्की नाकामा फुसले छाएका ११ घरमा आगलागि हुदा १० लाख १० हजार रुपैयाँ बराबरको क्षेति भएको छ । सोमबार बेलुकी लागेको आगोका कारण खिड्की नाकाका १४ घर मध्य ११ घर जलेर नष्ट हुदा १० लाख १० हजार रुपैयाँको क्षेति भएको प्रहरीले जनाएको छ ।

भारतिय जंगलबाट आएको डढेलो खिड्की नाकाको टोलमा पस्दा ११ घर जलेर नष्ट भएका छन् । जंगलको आगो बलबहादुर खड्काको घरमा सल्कीए पछि अन्य घरमा पनि सल्किएको थियो । आगोले बलबहादुर खड्काको ६० हजार, दल बहादुर सुनारको १ लाख २० हजार, राम हादुर शाहिको ६० हजार, रमेश श्रेष्ठको ६० हजार, टंकबहादुर खड्काको १ लाख रुपैयाँ बराबरको क्षेति भएको प्रहरीले मुचुल्का उठाउको छ ।

त्यस्तै केदार खड्काको १ लाख, लोकेन्द्र चन्दको २ लाख, रुपलाल दमाईको २ लाख, पुजा परियारको १० हजार र मोलि मल्लको ५० हजार गरि जम्मा १० लाख १० हजार रुपैयाँ बराबरको क्षेति भएको प्रहरी चौकी भैसाही नाकाले जनाएको छ ।आगलागिका कारण घरमा भएको अन्नबालि, भाडाबर्तन, लत्ताकपडा सम्पुर्ण जलेको पिडितहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ