२०८२, २९ माघ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

सानीघोषका अग्निपिडितलाई बाँडियो ३० हजार राहत

२०७२, ३० चैत्र मंगलवार ०१:२९

Agnipidit

चैत ३०, दाङ । जिल्ला प्रशासन कार्यालय दाङ र जिल्ला विकास समिति दाङले लालमटिया गाविस वडा नं. ७ सानीघोषका अग्नीपिडितलाई ३० हजार रुपैयाँ नगद राहत वितरण गरेको छ ।

स्थानीय दैविप्रकोप उद्धार समिति मार्फत दाङका प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले सानीघोषका ५ घर परिवारका अग्नीपिडितलाई प्रति परिवार ५ हजारको दरले २५ हजार रुपैयाँ र जिल्ला विकास समिति दाङको तर्फवाट स्थानीय विकास अधिकारी रमेश गौतमले प्रति परिवार एक हजारका दरले ५ हजार गरी जम्मा अग्नीपिडितलाई ३० हजार रुपैयाँ राहत वितरण गरेका हुन् ।

सोमवार नेपाल रेडक्रस सोसाईटी लालमटीया उपशाखा र लालमटीया गाविसको समन्वयमा अग्नीपिडितलाई राहत प्रदान गरिएको छ । कार्यक्रममा रेडक्रसका सभापती गंगाराम भट्टराई, गाविस सचिव दामोदर पोख्रेल, रेडक्रसका सचिव प्रमोद पौडेल लगाएतको सहभागीता थियो । गत शुक्रवार जंगलमा लागेको डढेलो वस्तीमा फैलीदा ५ घर जलेर खरानी वनेका थिए । यस अघि रेडक्रसले भाँडा कुडा, लत्ता कपडा, त्रिपाल सहयोग गरेको थियो भने गासिले प्रति परिवार पाँच सय रुपैयाँका दरले राहत दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्थगनमा परेका आयोजनाको रकम फुकुवा हुने क्रम जारी छ: अर्थमन्त्री खनाल राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित तोकिएको मितिमै निर्वाचन हुन्छः प्रचण्ड बिभागमा श्रम स्वीकृति दिन ढिलासुस्तीसँगै कर्मचारी र विचौलिया बीच ‘सेटिङ’ फेरी सक्रिय निर्वाचन आचारसंहिता उल्लङ्घनमा ५१ स्पष्टीकरण, जवाफ ३० मात्र तामाकोसी बस दुर्घटनापछि क्षतिपूर्तिको माग गर्दै मन्थलीमा प्रदर्शन आयल निगमको टेकु कार्यालयबाट पनि उपभोक्ताले ग्यास खरिद गर्न पाउने भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारकै होः प्रधानमन्त्री कार्की भारत तर्फ लैजादै गरेका तीन बालबालिकालाई उद्धार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि ५ दिनभित्र सबै राजनीतिक दललाई घोषणापत्र सार्वजनिक गर्न निर्वाचन आयोगको निर्देशन पशुपतिमा महाशिवरात्रिको तयारी तीव्र मधेश यात्रामा निस्किए बालेन्द्र शाह जापानमा भारी हिमपातका कारण ४६ जनाको मृत्यु तामाकोशी नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या ९ पुग्यो चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्री कार्कीको निर्देशन पेस्तोलसहित दुईजना पक्राउ उज्यालो नेपाल जेनजी आन्दोलनपछिको सबैभन्दा नयाँ पार्टी हो: कुलमान घिसिङ सुनको मूल्य बढ्यो वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ