Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

प्रयोगविहीन भए नुवाकोटको मुख्य बजारमा जडित सिसीटिभी क्यामरा

२०७४, १० फाल्गुन बिहीबार ०८:१५

फागुन १०, नुवाकोट | यहाँको मुख्य बजार क्षेत्रमा जडान गरिएका सिसीटिभी (क्लोजसर्किट टेलिभिजन) क्यामरा प्रयोगविहीन भएका छन् । 

नुवाकोट उद्योग वाणिज्य संघको अगुवाइमा जिल्लाको मुख्य बजार क्षेत्रमा जडान भएर प्रहरी कार्यालयमार्फत निगरानी गरिँदै आएको २५ थान क्यामरा सबै प्रयोगविहीन भएको हो । 

संघको पहलमा रु ३५ लाखमा जडान गरिएका क्यामरा मर्मतका लागि रकम उपलब्ध नगराउँदा बिग्रिएको सम्बन्धित पक्षले बेवास्ता गरेपछि एक महिनादेखि थन्किएका छन् । एक वर्षअघि संघले तत्कालीन जिल्ला विकास समिति, विदुर नगरपालिका, विभिन्न बैंक तथा वित्तीय सस्थासँगको आर्थिक सहयोगमा क्यामरा जडान गरेको थियो । त्यसका लागि रु ३५ लाख खर्च भएकामा रु आठ लाख भुक्तानी हुन बाँकी रहेको संघका कोषाध्यक्ष गीता अमात्यले जानकारी दिनुभयो । उहाँका अनुसार अपेक्षाअनुसार नगद सहयोग संकलन नहुँदा क्यामरा जडान गर्ने कम्पनीको भुक्तानी रोकिएको हो । 

जिल्लाको बजार क्षेत्रमा पर्ने गंगटेदेखि बट्टार, विदुर, ढुंगे हुँदै त्रिशूलीसम्मको पाँच किलोमिटर मुख्य सडक क्षेत्रमा जडान भएका क्यामराले काम नगरेको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो । “बजार क्षेत्रमा शान्ति सुरक्षा तथा सडक सुरक्षालाई मध्यनजर गरी जडान भएका क्यामरा अहिले कुनै पनि चलेका छैनन्,” प्रहरी उपरीक्षक कुँवरले भन्नुभयो, “कुनै दुर्घटना भएमा सर्वसाधारणमा क्यामराबाट निगरानी हुन्छ भन्ने विश्वास भए पनि त्यो सेवा अहिले ठप्प हुँदा कठिनाइ भएको छ ।” 

क्यामरा जडानले जिल्ला सदरमुकामसहित बजार क्षेत्रमा शान्ति सुरक्षा कायम गराउन, चोरी–अपराध निरुपण गर्न, दुर्घटना न्यूनीकरण र घटनामा संलग्नलाई नियन्त्रणमा लिएर कारबाही गर्न प्रभावकारी बन्दै आएको थियो । 

प्रहरी कार्यालयमा राखिएको स्क्रिनमार्फत निगरानी गरी क्यामराको सहयोगमा सञ्चालनको एक वर्ष एक दर्जन अपराध तथा सवारी नियम उल्लंघन गर्नेलाई नियन्त्रणमा लिन नुवाकोट प्रहरी सफल बनेको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश