२०८३, २६ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखाका ३ हजार भूकम्पपीडितले अझै अनुदान पाएनन्

२०७४, १० फाल्गुन बिहीबार ०८:२७

गोकर्णप्रसाद भण्डारी / फागुन १०, चरिकोट | पुनःनिर्माण प्राधिकरण गठन हुनु अघि नेपाल रेडक्रस सोसाइटीमार्फत तालीम लिएर घर बनाएका दोलखाका दुई हजार ८९० घरधुरीले अझै अनुदान पाउन सकेका छैनन् । 

भूकम्पलगत्तै जिल्ला दैवी प्रकोप उद्धार समितिमार्फत १० गाविसको राहत र उद्धारको जिम्मा पाएको नेपाल रेडक्रस सोसाइटीले पुनःनिर्माण अभियान तत्काल शुरु गर्नुपर्छ भन्दै दिएको डकर्मी तालीम पछि बनेका दुई हजार ८९० घरधुरी पीडितले प्राधिकरणमार्फत वितरण हुने निजी आवास निर्माणको अनुदान पाउन सकेका छैनन् । दातृ निकायबाट प्राप्त मोटो रकम खर्चेर तालीम दिए पनि नियम विपरीत घर बनेका कारण भूकम्प पीडित मार्कामा परेका हुन् । 

प्राधिकरण गठन र आवास निर्माण कार्यविधि बन्नु अघि नै रेडक्रसले दोलखाको उत्तरी क्षेत्रका साविकका १० गाविसका ९० वटा वडामा डकर्मी तालीम सञ्चालन गरेको थियो । एक वडाको तीन जनाका दरले २७० डकर्मीले तालीम लिएपछि उनीहरू स्थानीयको आवास निर्माणमा जुटेका थिए । 

प्राधिकरणले लिएको १८ वटा आवास नमूनामध्ये रेडक्रसको कुनैपनि नमूनासँग पनि मेल नखाएपछि भवन डिभिजनमार्फत खटिएका इञ्जिनियरले घर पास नहुने जानकारी गराएकाले जिल्लाका पीडित चिन्तित छन् । आफूभन्दा पछि घर बनाउनेले तेस्रो किस्ताबापतको अनुदान पाइसके पनि आफूहरुले दोस्रो किस्ता नै नपाएको कालिञ्चोक गाउँपालिका–२ बाबरेका चित्रबहादुर कठेतको दुखेसो छ । उहाँले हतारहतार गरी रेडक्रसले आफूहरुलाई तालीम दिएर अनुदान लिनबाट वञ्चित गराउन खोजेको आरोपसमेत लगाउनुभयो । कठेतले ऋणको ब्याजले सीमा नाघिसक्दा पनि अनुदान नपाएको गुनासो गर्नुभयो । 

रेडक्रसले दिएको तालीममार्फत गाउँघरमा निर्माण हुने सामान्य ढुंगा माटोको घर सिमेन्ट बालुवा गिट्टी र रडको प्रयोग नगरी काठको नसले मात्र कसिएको छ तर पुनःनिर्माण प्राधिकरणको मापदण्डभित्र त्यसरी बनाउने घरको जगभन्दा माथिल्लो भागमा अनिवार्य डिपिसीअर्थात कुर्चीबन्धन लगाउनुपर्छ । डिपिसी नगरी बनाइएका घर मापदण्डभित्र नपर्ने भन्दै गाउँगाउँमा खटिएका प्राविधिकले अनुदान सिफारिस नगरेपछि जिल्लाका दुई हजार ८९० धुरीका भूकम्पपीडित अनुदान लिनबाट वञ्चित भएका हुन् । 

पुनःनिर्माण प्राधिकरण गठन नभई आफुखुशी भूकम्पपीडितलाई तालीम दिएर दुःख दिएको भन्दै पीडितले रेडक्रलाई कारबाही हुनुपर्ने माग गरेका छन् । उनीहरुले दुई वर्षसम्म अनुदान लिनबाट वञ्चित गराएर आफूहरुलाई हदैसम्मको सास्ती दिएको भन्दै कारबाहीको माग गरेका हुन् । रेडक्रको योसँगै अन्य सयौँ अनियमितताबारे अख्तियारले समेत वास्ता नगरेको पीडितहरूको गुनासो छ । 

रेडक्रसका तत्कालीन जिल्ला शाखाका मन्त्री एवं हालका सभापति गोकर्णप्रसाद पोखरेलले प्राधिकरणको मापदण्ड आइनसकेका कारण स्थानीयको निजी आवास निर्माणमा सामान्य समस्या आएको बताउनुभयो । उहाँले संस्थाले दिएको तालीमभन्दा डकर्मीले केही फरक तरिका अपनाएका कारण पनि समस्या आएको बताउनुभयो । पोखरेलका अनुसार घरको तल्लो भागमा बलियो काठ प्रयोग गरेर नस कस्न सिकाइए पनि उनीहरुले काठ मकाउँछ भन्दै काठको प्रयोग दुई फिटमाथिबाट मात्र कसेकाले समस्या आएको जानकारी दिनुभयो । 

सो समस्या समाधान गर्न भवन डिभिजन कार्यालयसँगको समन्वयमा तत्काल रेडक्रसले जनचेतना अभियान सञ्चालन गरी रेट्रोफिटिङ गर्न लगाउने सहमति भइसकेको समेत जानकारी दिंदै उहाँले अन्य अनियमितताका विषयमा भने कुरा गर्न चाहनुभएन । 

पटुकी बन्धन र कंक्रिट ढलान गर्न लगाउने तयारी 

जिल्लास्थित शहरी विकास तथा भवन डिभिजन कार्यालयका प्रमुख इञ्जिनियर एकराज अधिकारीले मापदण्ड पूरा नगरी बनेका घरको पटुकी बन्धन बाँधेर कंक्रिट ढलान गर्न लगाउने तयारी भएको बताउनुभयो । उहाँले बनिसकेका घरको चारवटै सुरमा रड ठड्याएर चारैतिरबाट पटुकी बन्धन लगाएपछि ती घर भूकम्प प्रतिरोधी हुने भन्दै तत्काल उक्त अभियान सञ्चालन गर्ने जनाउनुभयो । सो कामका लागि स्थानीय जमिनको भूबनोटका आधारमा २० देखि ३० हजारसम्म खर्च हुने र सो काम सम्पन्न भएपछि पीडितलाई अनुदान वितरण गर्ने बाटो खुल्ला हुनेसमेत जनाइएको छ । 

पुनःनिमाण प्राधिकरण जिल्ला समन्वय समितिका प्रमुख सागर आचार्यले दोलखाको हालको मुख्य समस्या भनेको नै मापदण्ड अपुग भएका घर भएकाले आफूहरुले विशेष प्राथमिकताका साथ हेरेको बताउनुभयो । 

उहाँले उक्त समस्या समाधान गर्न स्ट्रक्चरल इञ्जिनियरसमेत जिल्लामा झिकाइसकेको र ती इञ्जिनियरले सिंगो घरको प्राविधिक पक्षको अध्ययन गरी पटुकी बन्धन र कंक्रिट ढलानका बारेमा गाउँका इञ्जिनियरलाई आवश्यक परामर्श दिनेसमेत जानकारी दिनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुकुमबासी बस्तीमा दमन भएको भन्दै माइतीघरमा विरोध प्रदर्शन काठमाडौँबाट वीरगञ्जका लागि छुटेको एक रात्री बस दुर्घटना युवा तथा कामदार जनशक्तिलाई स्वदेशमै इच्छाइएको रोजगारी प्रदान गर्न देशमा चुनौतीहरू छन्: राष्ट्रपति पौडेल स्रोत नखुलेको मुद्रासहित दुई जनालाई पक्राउ समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन सुनको मूल्य बढ्यो संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश