Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोट महोत्सवको तयारी अन्तिम चरणमा, यस्तो छ व्यवस्था

२०७४, ११ फाल्गुन शुक्रबार ०६:०६

फागुन ११, नुवाकोट | नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा यही फागुन १६ देखि २६ गतेसम्म सञ्चालन हुने पाँचौँ नुवाकोट महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । 

विदुरमा सञ्चालन हुने महोत्सवसम्बन्धी बिहीबार पत्रकार सम्मेलनमार्फत आवश्यक तयारी पूरा भएको र केही व्यवस्थापनको काम मात्र पूरा हुन बाँकी रहेको संघका अध्यक्ष ताराबहादुर कार्कीले जानकारी दिनुभयो । 

उहाँका अनुसार महोत्सवमा प्रदेश नं ३ स्तरीय अवलोकनकर्ता सहभागी गराउन लागिएकाले यहाँको कृषि उब्जनीको बिक्री एवं कला, संस्कृति, पर्यटन तथा धार्मिकस्थलको प्रवद्र्धन गराउन प्राथमिकता दिन लागिएको छ । 

एघार दिनसम्म चल्ने महोत्सवमा २७५ स्टल समावेश हुने प्रचारप्रसार समितिका संयोजक सन्तोष उप्रेतीले बताउनुभयो । “कृषि, पशु, हस्तकला तथा घरेलु उत्पादनका सामग्रीको बिक्री एवं प्रदर्शनीका लागि निःशुल्क स्टल उपलब्ध गराइएको छ,” उप्रेतीले भन्नुभयो । 

उहाँले भन्नुभयो, “यसअघि सञ्चालित महोत्सवका कमजोरी सच्याउँदै अहिलेको महोत्सव उत्कृष्ट बनाउन नुवाकोटको पहिचान रहेको त्रिशूलीको कान्छी बदाम, शिखरबेँसीको चामल, ककनीको ट्राउट माछा र स्ट्रबेरी, किस्पाङको भूईस्याउको प्रदर्शनी तथा बिक्रीको व्यवस्था मिलाएका छौँ ।” 

‘समृद्ध नुवाकोट, हाम्रो अठोट’ भन्ने नारासहित सञ्चालन हुन लागेको पाँचाँै नुवाकोट महोत्सव नाफाभन्दा पनि सेवामूलक र जिल्लाको आर्थिक विकासमा टेवा पुर्याउन केन्द्रित गराइने आयोजकले दाबी गरेका छन् । 

महोत्सवलाई आकर्षक बनाउन र स्थानीय संस्कृति र धार्मिक स्थलको सम्बद्र्धन गराउन गोरु जुधाइ, त्रिशूली नदीमा र्याफ्टिङ, साततले दरबार परिसरबाट प्याराग्लाइडिङ, जिल्लाको मुख्य–मुख्य स्थानसहित गणेश हिमाल हँुदै गोसाइँकुण्डसम्म हेलिकप्टर भ्रमण तथा हात्ती सफारीको समेत व्यवस्था मिलाएको आयोजकले जनाएका छन् ।रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश