2026-09-13 12:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

मिथिलाञ्चलमा आजैदेखि विधिवत् होली पर्व शुरु

फागुन ११, गौशाला | महाकुम्भको रुपमा चर्चित १५ दिने माध्यमिकी परिक्रमामा भगवान रामचन्द्र र माता जानकीले होली खेलको संझनामा मिथिलाञ्चलमा आजदेखि होली पर्व शुरु भएको छ । 

प्रन्ध्र दिने माध्यमिकी परिक्रमाअन्तर्गत सातांै दिनको बासस्थान कञ्चनवनमा भगवान रामचन्द्र र माता सीताको डोला र मूर्तिलाई एक आपसमा रंग र अबिरले होली खेलाइनुका साथै परिक्रमा सहभागी हजारांै साधु, सन्त महात्मा र गृहस्थ परिवारका साथै परिक्रमा यात्री समेतले एक–आपसमा रंग अबिर साटासाट गर्दै होली पर्वको शुरुवात गरेका हुन् । 

भगवान, साधु सन्त र महात्माले होली पर्वको शुरुवात गरिसकेकाले आज बिहानैदेखि मिथिलाञ्चलको गाउँ÷गाउँ तथा घरघरमा पनि रंग अबिरको प्रयोग शुरु भएको छ । 

यसगरी होलीको आगमनका अवसरमा प्रत्येक वर्ष झै आज बेलुकादेखि मिथिलाञ्चलको गाउँ÷गाउँमा होलीका गीत नाच, गान, हाँसो ठट्टा र व्यांगात्मक कविता तथा चुटकिलाको प्रस्तुती हुन्छ । 

परापूर्वकालमा भगवान रामचन्द्र र माता जानकी वनवास गएको दिनमा महोत्तरीको कञ्चनवनमा होली पर्व मनाउँदा सो ठाउँको माटो रातो भएको र सोही ठाउँ भएर बग्ने नदीको पानि पनि रातो भएको जनविश्वास छ । 

मिथिलाञ्चलका साधुसन्त महात्मा र गृहस्थ परिवार भगवानले वनवास गएको दिनलाई सम्झिदै १५ दिने परिक्रमा गर्दछन् र परिक्रममाकै क्रममा भगवानले होली पर्व खेलेको सम्झिदै सम्पूर्ण परिक्रमा यात्रीले पनि होली पर्व मानाउने गर्दछन् । धनुषाको हनुमानगढीमा गत बुधबार परिक्रमाका लागि भगवान रामचन्द्र र माता जानकीको डोला र परिक्रमायात्री जम्मा भई बिहीबारदेखि भारतको कलाणेश्वरबाट शुरु भएको परिक्रमा यात्रा १५ दिनमा जनकपुरमा पुगी समाप्त हुनेछ । 

महोत्तरीको कञ्चनवनमा सातौं दिनको बसाइ छोडेर आज बिहान होली मनाउँदै सम्पूर्ण परिक्रमायात्री आठौं दिनको बासका लागि धनुषाको पर्वता पुग्ने भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन