2026-09-19 06:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

प्रदेश ४ का कार्यालयमा ७० प्रतिशत कर्मचारी हाजिर भए

फागुन ११, पोखरा | नयाँ प्रादेशिक संरचनाअनुसार पोखरास्थित प्रदेश नं ४ का कार्यालयमा खटाइएका ७० प्रतिशतभन्दा बढी कर्मचारीले आफ्नो कार्यक्षेत्रमा पुगी जिम्मेवारी सम्हालिसक्नुभएको छ । 

तत्कालीन आवश्यकतालाई दृष्टिगत गरी सामान्य प्रशासन मन्त्रालयले प्रदेश नं ४ मा २२० दरबन्दी निर्धारण गरेकामा १३७ कर्मचारीलाई विभिन्न मन्त्रालय एवं कार्यालयका लागि खटाइसकेको छ । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता झलकराम सुवेदीका अनुसार हालसम्म खटाइएकामध्ये १०५ कर्मचारी सम्बन्धित मन्त्रालय एवं कार्यालयमा पुगी जिम्मेवारी सम्हाल्नुभएको छ भने अन्य आउने क्रममा हुनुहुन्छ । 

सामान्य प्रशासन मन्त्रालयले प्रदेश नं ४ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा २१, प्रदेश प्रमुखको कार्यालयमा १८, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा २३, आर्थिक मामिला तथा योजना मन्त्रालयमा १८ कर्मचारीको दरबन्दी तोकेको छ । 

त्यस्तै भौतिक पूर्वाधार विकास मन्त्रालयमा २४, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा २०, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा ३० र प्रदेशसभा सचिवालयमा २८ जना कर्मचारीको दरबन्दी तोकिएको छ । 

नयाँ प्रादेशिक संरचनाअनुसार आवश्यक व्यवस्थापन कार्य भइरहेको प्रवक्ता सुवेदीले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ