Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्बतमा मगर संग्रालय बनाउन मगर महोत्सवको आयोजना

२०७४, ११ फाल्गुन शुक्रबार १५:४६

फागुन ११, पर्वत । देशको तेस्रो ठूलो समुदायको रुपमा रहेको मगर समुदायहरुको आफ्नै पहिचान संरक्षणको लागि पर्वतमा रहेका मगर समुदायहरु लागि परेका छन् । पुन युवा क्लबले आफ्नो मगर समुदायहरुको पहिचान, धर्म संस्कृतिको  संरक्षणको लागि र मगर संग्राहलयको निर्माणको लागि मगर महोत्सवको आयोजना गरेको छ । ३६ औं मगर दिवसको अबसर पारी कुश्मामा शुक्रबारदेखि एक हप्ते मगर महोत्सव शुरु भएको हो । 

महोत्सवको प्रतिनिधिसभाका सदस्य पदम गिरीले  उद्घाटन गरे । उनले मगर समुदायको रहेको बाण हान्ने संस्कृति अनुसार तिर चलाएर महोत्सवको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै गिरीले मगर समुदायले नेपालको एकिकरण गर्नेदेखिबाटनै देशको लागि आफ्नो बलिदान, त्याग दिदै आएको बताए । उनले मगर समुदायकै कारण नेपालको एकिकरण सम्भव भएको समेत औलाए । 

जनजातिका रुपमा रहेको मगरहरु देशको जनजातिमा सवैभन्दा धेरै जनसंख्या तथा बाहुलिएता भएको समुदाय भएता पनि पछिल्लो समयमा मगरहरुको आफ्नो पहिचान गुमेको बेलामा पुन क्लबले सांस्कृतिक कार्यक्रमको आयोजना गरी आफ्नो पहिचानको खोजि गर्न थालेको बताए । गिरीले मगर संस्कृति संरक्षणको लागि मगर संग्राहलय  बनाउने जून उदेश्यका साथ क्लबले अभियान चलाएको छ त्यसमो आफूले सक्दो सहयोग गर्ने बताए । गिरीले उक्त संग्रालय निर्माणको लागि २० लाख बरारबको योजना ल्याएको समेत बताए ।

त्यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्रका नगर संयोजक शंकर गिरी, नेपाली काँग्रेसका सचिव विश्वप्रकाश प्रसाइ, नेकपा एमालेका भक्त कुवँर लगाएतले आआफ्नो धारणा राखेका थिए । सात दिनसम्म चल्ने मगर महोत्सवमा पुरुष, महिला, प्रौढ भलिबल, बास्केट बलका साथै विभिन्न सांस्कृतिक कार्यक्रमहरु हुने छन् । पूरुष भलिबल स्थानीय तह स्तरीय हुनेछ जसको विजेताले १ लाख ११ हजार १ सय ११, दृतियले ७० हजार ७ सय ७७ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली