2026-07-02 12:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

ट्राफिक प्रहरी कार्यालय भालुवाङ्गमा परिचात्मक कार्यक्रम सम्पन्न

सन्तोषकुमार गुप्ता । भालुवाङ १८ बैशाख । अस्थाई ट्राफिक प्रहरी पोष्ट भालुवाङ्गका प्रहरी प्रमुख अम्मर थापाले ट्राफिक नियम उल्लघन गरेर सवारी साधन चलाउने कसैलाई पनि नछोड्ने बताएका छन् ।

क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय कोहलपुरबाट हालै सरुवा भएर भालुवाङ्ग आउनु भएका प्रहरी सहायक निरक्षक अम्मर थापाले शनिबार आफै कार्यकक्षमा सरोकारवालाहरु संगको परिचयात्मक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले ट्राफिक नियम उल्लघन गर्ने मन्त्री, सांसद, नेता वा सर्वसाधरण नै भए पनि सबै लाई कानुनी दायरामा ल्याएर कार्वाही गरिने बताए । थापाले मापसे देखि लिएर नियमित छड्के सवारी साधन चेकजाँचमा समेत कडाई गरिने बताए । साथै उनले आफ्नो कार्यक्षेत्रका बोडिङ्ग स्कुलहरुले विद्यार्थीहरुलाई सेवा दिने नाममा एउटै बसमा विद्यार्थी कोर्चार्ने प्रबृति नियन्त्रण मुख्य कार्य रहेको समेत बताए । प्रहरी सहायक निरिक्षक थापाले भालुवाङ्ग पुल्चोक बजारमा हुदैँ आएको अव्यवस्थीत गाडी पाकिङ्गलाई नियन्त्रण गर्न निमार्णधिन बसपार्क सञ्चालनका लागि आवश्यक पहल गर्ने बताए । ट्राफिक व्यवस्थापन सहज बनाउन आवश्यक जनशक्ति माग गर्ने तथा सम्भावित दुर्घटना स्थलको पहिचान गरी जेब्ररा क्रसिङ्ग निर्माण, विद्यालय केन्द्रित ट्राफिक सचेतना अभियान, नागरिकमैत्री सेवा प्रबाह गर्न आफू प्रतिबद्ध रहेको समेत बताए । सहायक निरिक्षक थापाले हाईवेमा हुने सडक दुर्घटना नियन्त्रण गर्न चार पटक नियमित सवारी चेकजाँच कडा बनाउने र नागरिक संग मिलेर ट्राफिक सचेतना अभियान संगै हुन सक्ने सवारी तथा सडक दुर्घटना नियन्त्रण आफू सधै लाग्ने बताए ।

अस्थाई ट्राफिक प्रहरी पोष्ट भालुवाङ्गका प्रहरी प्रमुख अम्मर थापाको अध्यक्षता एवम् ईलाका प्रहरी कार्यालय भालुवाङ्ग का प्रहरी प्रमुख मदन केसीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसाय समितीका प्रशासनिक इन्चार्ज नारायण न्यौपाने, मालिका कालिका यातायात प्रालिका भालुवाङ्ग बुकिङ्ग काउन्टरका इन्चार्ज गिरबहादुर जिएम, जलजला यातायात व्यवसाय समितीका सल्लाहकार जीतबहादुर घर्ती, एकिकृत नेकपा माओवादीका नारायण शर्मा, नेकपा माओवादीका सुरज परियार, राष्ट्रिय जनमोर्चाका होमप्रसाद शर्मा, राप्ती उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर डिसी, सिसहनियाँ उद्योग बाणिज्य संघका अध्यक्ष पूर्णबहादुर बिसी, भालुवाङ्ग खमोपानी तथा सरसफाई उपभोक्ता समितीका सदस्य ऋषिराम बस्नेत, राप्ती उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष जगतप्रसाद पोख्रेल, नेपाल पत्रकार महासंघका केन्द्रिय पार्सद महेश रिजाल, पत्रकारहरु बिदुर एमसी, जमिर शाह र कृष्णप्रसाद भण्डारी स्थानिय व्यपारीहरु हेमराज रोकामगर, प्रेम खत्री, ऋषिराम खनाल, भरत एमसी लगायतका बक्ताले सल्लाह सुझाव सहितको आ—आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन सामुदायिक प्रहरी सेवा केन्द्र लालमटियाका उपाध्यक्ष तथा सञ्चारकर्मी सन्तोषकुमार गुप्ताले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै सुनचाँदीको मूल्यमा गिरावट नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध