पढ्न करिब 1 मिनेट लाग्छ

सरोज यादव | फागुन १२, सर्लाही | सर्लाहीको बरहथवामा एक युवक माथी शुक्रवार राति गोली प्रहार भएको छ | गोलि प्रहार बाट जिल्लाको हरिवन नगरपालिका –११ का १८ वर्षीय महावीर तामाङ घाइते भएका हुन् |

मोटर साईकल रोकेर अज्ञात ब्याक्तीले अचानक गोलि प्रहार गर्दा दाहिने पाखुरामा गोलि लागेका तामाङ घाईते भएको सोही ठाउँका एक ब्यक्तिले बताइएको छ |

टिपरको सहचालकको रुपमा काम गर्दै आएको तामाङमाथि बरहथवा नगरपालिका–७ स्थित लालदियर चौरीमा गोली प्रहार भएको छ | प्रहरीले जनाएको छ |

तामाङको उपचार बिरगंजमा भइरहेको छ | गोली प्रहार गर्ने व्यक्तिको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।