2026-07-03 07:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा पानी पर्दा किसानलाई राहतको महसुस

dangma paniसन्तोषकुमार गुप्त/बैशाख २६, दाङ । लामो समयसम्मको खडेरी र गर्मी पछि केही दिन यता दाङमा प्राय जसो दैनिक पानी परेपछि राहतको महसुस गरिएको छ ।

हिजो शनिबार दिउसो देखि आज आईतबार बिहान सम्म लगातार पानी परेपछि बिशेषत किसानहरु खुसी भएका छन् । सुक्न थालेको हिउदे तरकारी बालीलाई फाईदा पुगेको कीसानहरुले बताएका छन् । लामो समय सम्म पानी नपर्दा किसानले लगाएको तरकारी सुक्न थालेको थियो भने तरकारीमा रोगको संक्रमण बढ्दै गएको थियो । पानी परेपछि किसानले लगाएका तरकारी बाली फष्टाउने भएको छ ।

मकैबाली लगाउने समयमा पानी नपरेको भन्दै चिन्तीत बनेका किसानहरु हिजो आज आफूले सोचे जस्तो बर्षात भएपछि मकै लगाउने तरखरमा जुटेको मानपूर १ मानपूरका ठाकुराम चौधरीले बताउनु भयो । पानी परेपछि मकै छर्नलाई सहज भएको किसान चौधरीले बताउनु भयो । त्यस्तै खडेरी लम्बीदै जादा जील्लामा पानीको मूहान सुक्न थाले सगैं पानीको हाहाकार बढ्न थालेको थियो । पानी परेपछि भने पानीको मूहान रसीलो भएको छ । गर्मी बढ्दै गएका बेला थौरै भएपछि मानीस , जनावर , बोटबिरुवा लाई राहत पुगेको छ ।

पूर्वबाट स्थानीय वायुको प्रभावमा न्यूनचापीय क्षेत्रको विकासले मौसममा खराबी आएको छ । यसैका कारण पश्चिमी तराई भेग बाहेक देशका अधिकांश भेगमा बदली हुनाका साथै मध्य र पूर्वका कतिपय स्थानमा वर्षात् भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मध्य र पूर्वी भेगमा पूर्ण बदली भए पनि बढी असर पूर्वी भेगमा देखिएको बरिष्ठ मौसमविद् बरुन पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक