2026-09-19 08:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जब सांसद र सिडिओ कुचो लिएर एकै साथ कुश्मा बजारमा निस्किए (भिडियो)

 पर्वत । दर्शौ पश्चिमाञ्चल महिला महोत्सवको अबसरमा पर्वतको कुश्मा बजारमा बृहत् सरसफाइ गरिएको छ । रेडियो दिदीबहिनीको आयोजनामा श्रमिक महिला दिवसको अबसरमा हुन लागेको दशौ बृहत् पश्चिमाञ्चल महिला महोत्सव तथा रेडियोको आठौ बार्षिक उत्सवको अबसर पारेर सोमबार कुश्मा बजारमा सरसफाइ गरिएको हो ।
पूर्व सांसद समेत रहेकी रेडियोकी अध्यक्ष कल्पना चापागाइ जोशी, प्रमुख जिल्ला अधिकारी राजेश पन्थी, जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मी, कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशी, डिएसपी शेखर खनाल लगायतले कुश्मा बजारमा कुचो लिएर बृहत् सरसफाइ अभियानमा सहभागी भएका थिए ।
उक्त अभियानमा जिल्लामा रहेका नेपाली सेनाको रणदल गुल्म, शसस्त्र प्रहरी चण्डिका गण, जिल्ला प्रहरी कार्यालयको टोली, स्थानीय बासी लगायतको सहभागीता रहेको थियो ।
महोत्सव यहि फागुन १६ देखि २६ सम्म बाँन्द्रेबेणी चौरमा आयोजना हुदैछ ।

कार्यक्रमको उद्घाटन पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने तय भएको छ ।
कार्यक्रमको पूर्वसन्ध्या पारेर रेडियोले सरसफाइ र रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सोमबार रक्तदान कार्यक्रम हुने आयोजक रेडियोले जनाएको छ ।
११ दिनसम्म चल्ने कार्यक्रममा राष्ट्रिय महिला भलिबल प्रतियोगिता, देशभरमा रेडियोमा कार्यरत महिला स्टेशन म्यानेजरलाई सम्मान, ¥याली तथा झाँकी प्रतियोगिता, रत्यौली, भजन र विद्यालयस्तरीय नृत्य प्रतियोगिता, बक्तृत्वकला प्रतियोगिता तथा शैक्षिक प्रदर्शनी, टपरी गाँस्ने प्रतियोगिताका साथै खसी बोका, बाख्रा, कुखुरा तथा कृषि प्रदर्शनी हुने आयोजकले जनाएको छ ।
कार्यक्रममा राष्ट्रिय भलिबल प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय हुनेले क्रमशः नगद १ लाख, ६० हजार र ४० हजार प्राप्त गर्नेछन् ।

त्यसैगरी ¥याली प्रतियोगितमा प्रथम, द्धितिय, तृतीय हुनेले क्रमश १८ हजार, १२ हजार र ८ हजार प्राप्त गर्ने रेडियोले जनाएको छ ।
त्यस्तै रत्यौली, भजन र विद्यालयस्तरीय नृत्य प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय हुनेले क्रमश नगरद १५ हजार, ८ हजार र ५ हजार पाउनेछन् भने बक्तृत्वकला प्रतियोगिता र शैक्षिक प्रदर्शनीमा उत्कृष्ट हुनले क्रमश नगद ५ हजार, ३ हजार र २ हजार प्राप्त गर्ने रेडियोले जनाएको छ ।
त्यस्तै सांस्कृतिक कार्यक्रमम अन्तरगत चर्चित राष्ट्रिय तथा स्थानीय कलाकाहरुको समेत प्रस्तुती रहेनछ । जसमा पशुपति शर्मा, राधिका हमाल, ज्योति मगर, कस्तुप पन्त, याम परियार, पूर्णकला जिसी, खुमन अधिकारी लगायत एक दर्जन भन्दा बढी कलाकारहरुको प्रस्तुती रहेछ । महोत्सव शुरु हुन अब २ दिन बाँकी रहेको छ ।

भिडियो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई