2026-09-19 12:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

राप्तीमा यातायात बन्द खुल्यो, जनजीवन सामान्य बन्दै

सन्तोषकुमार गुप्ता, बैशाख २७, दाङ । आईतवार बेलुका देखि राप्तीमा हुँदै आएको यातायात बन्द खुलेको छ । यातायात खुले संगै दाङ सहित राप्तीको जनजीवन समान्य बन्दै गएको छ ।

जिल्ला प्रशासन कार्यालय घोराहीमा प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेको रोहवरमा भएको छलफल पछि आईतवार बेलुका साढे सात बजे पछि चक्काजाम खुलेको जिल्ला प्रहरी प्रमुख कुवेर कडायतले जानकारी दिए ।

उक्त छलफलमा अबरोध हटाई स्वच्छ प्रतिपर्धा गरी यातायात सुचारु गर्ने बारेमा सबै समितीहरुका बीचमा सहमति कायम भएको एसपी कडायतले बताए । यातायात ऐन, नियामवली र यो संग सम्वन्धित अन्य कानुनहरुलाई परिपालन गर्ने सवालमा सबै समितिले सहमति जनाएका छन् ।

पुराना गाडी भित्राउन र सञ्चालन गर्न नपाउने समझदारी
अब देखि जिल्लामा कुनै समितिले पनि अनेत्र सञ्चालनमा आएका पुराना गाडी भित्र्याउन पाउने छैनन् । आइतवार नेपाल यातायात व्यवासायी राष्ट्रिय महासंघका राप्ती अञ्चल संयोजक एवं महासंघका केन्द्रीय सदस्य भरतनाथ योगीको अध्यक्षतामा राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समिति, मालिका कालिका यातायात प्रालि र दाङ यातायात प्रालिका विचमा त्यस्तो सहमती भएको हो ।

जसमा सबै समितिका पदाधिकारीहरुले हस्ताक्षर गरेका छन् । सहमति पत्रमा अनेत्र सञ्चालन गरिएका पुराना गाडीहरु भित्र्याउन नपाउने र सञ्चालन हुने नयाँ गाडीहरु राप्तीवासीको नाममा मात्रै प्रमाणपत्र भएकोलाई मात्रै सञ्चालन गर्न पाउने कुरामा सबै समितिका पदाधिकारीहरुले सहमति जनाएका छन् ।

यो संगै दाङ सहित राप्तीका पाँच जिल्लामा दुई दिनयता हुँदै आएको चक्का जाम खुलेको हो । चक्काजाम खुलेपछि सोमबार देखि सडकमा यातायातका साधनहरु सञ्चालनमा आउन थालेका छन् । उक्त छलफलमा राप्ती अञ्चल सार्वजनिक यातायात व्यवासायी समितिका पदाधिकारी, मालिका कालिका यातायात प्रालिका पदाधिकारी, दाङ यातायात प्रालिका पदाधिकारी लगायत अन्य यातायात व्यवसायीहरुको पनि सहभागीता थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता