2026-09-19 12:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा एक विद्यार्थीले यस्तो सुसाईड नोट लेखेर गरे आत्महत्या  

सन्तोषकुमार गुप्ता/ बैशाख २७, दाङ । दाङमा एक विद्यार्थीले सुसाइड नोट लेखेर आत्महत्या गरेका छन् ।

जिल्लाको तुलसीपुरस्थित ग्रेड अरनिको उच्चमाविको कक्षा ११ मा अध्ययनरत १८ वर्षिय ताराप्रसाद डाँगीले सुसाइट नोट लेखेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । सल्यान सिनबाङ–३ घर भई हाल अध्ययनको शिलशिलामा तुलसीपुर–४ विशालनगर टोलमा बस्दै आएका डाँगीले गएराति सुसाइड नोट लेखेर आत्महत्या गरेका हुन् ।

डाँगीले सुसाइड नोट कवितात्मक शैलीमा लेखेका छन्। जसमा उनले आफ्नो स्वास्थ्य ठीक नभएको र उपचारका लागि आवश्यक रकम पनि नभएको कारण आत्महत्या गरेको लेखेका छन् । डाँगीले लेखेको सुसाइड नोटमा आफ्नो मृत्युको प्रमुख कारण गरिवी र रोगलाई नै उल्लेख गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख कृष्ण प्रसाइँले जानकारी दिए । प्रहरीका अनुसार मृतक डाँगीलाई छारे मृगी रोग भएको खुल्न आएको छ। उनले त्यसका लागि नियमित औषधि सेवन गर्दै आएका थिए ।

तर पछिल्लो समय औषधि किन्ने र कलेजमा पढाइ शुल्क तिर्ने रकम पनि नभएपछि आत्महत्या गरेको कारण उनलेसुसाइड नोटमा उल्लेख गरेका छन् । मृतक डाँगी तुलसीपुर स्थित ग्रेट अरनीको उच्चमाविमा कक्षा ११ मा अध्यनरत थिए। उनी अध्यनका लागि तुलसीपुरमा कोठा भाडामा बस्दै आएका थिए ।

मृतकको शव पोष्र्टमार्टमा लागि अञ्चल अस्पातल तुलसीपुरमा राखिएको छ । सिलिङ्ग फ्यानमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा डाँगीको सव फेला परेको इलाका प्रहरी कार्यालय तुलसीरपुरले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता