२४ माघ २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

प्रहरीलाई नागरिक मैत्री तालिम

१६ भाद्र २०७२, बुधबार ०२:२२

भदौ १६, पर्वत / समाजमा शान्ति, सुशासन तथा सदभाव कायम गर्नको लागि नेपाल प्रहरीको भुमिका महत्वपूर्ण हु्न्छ भने नागरिकको पनि त्यतिनै महत्वपूर्ण भूमिका रहन्छ ।

parbat prahari

समाजमा केकस्ता घटना घटे वा हुदै छन् त्यसको बारेमा प्रहरीलाई जानकारी दिने नागरिकको कर्तव्य हो तर प्रहरी र आम नागरिक विच सदभाव र सहकार्य नहुदाँ समाजमा द्वन्द्व तथा हिंसाका घटनाहरु हुने गर्दछन्े जसको रोकथाम तथा नियन्त्रणको लागि प्रहरी एकमात्रैको पहल र सामाथ्र्यले काम दिदैन् जसका कारण समाजमा शान्ति स्थापनामा बाधा पुग्नु जान्छ । प्रहरी र नागरिक भनेका एक रथका दुई पांङग्रा सरह हुन ।

जब रथमा एक पाङग्रा भएन भने रथ एक पाङग्राले कसरी चल्न सक्छ त्यस्तै हो नागरिक र प्रहरी विचको सम्बन्ध । जिल्ला प्रहरी कार्यालय पर्वतले प्रहरी र नामगरिक विचको सम्बन्ध कस्तो हुनुपर्छ र प्रहरी र नागरिक विचमा कस्तो व्यवहार राख्नु उपयुक्त हुन्छ भन्ने बारेमा आफ्ना उपल्लो तहका प्रहरीलाई नागरिक र प्रहरी विचको व्यवहार तथा सम्बन्धका बारेमा प्रशिक्षण दिएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजनामा प्रहरी नायब निरिक्षक देखि लिएर प्रहरी जवान दर्जाका प्रहरीलाई दूई दिने नागरिक प्रहरी विचमा गरिने व्यवहार सम्बन्धका बारेमा तालिमको संचालन गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।

प्रहरीका अनुसार नागरिक र प्रहरी विच कस्तो आपसी सम्बन्ध रहेमा समाजमा दिगो शान्ति स्थापना तथा अप्रिय घटना लागुऔषध द्ुव्र्यसनी, महिला हिंसा लगाएतका घटनाको नियन्त्रण गर्न सकिन्छ भन्ने बारेमा प्रशिक्षण गरिने बताइएको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक सुनजित तामाङले सहजीकरण गर्ने बताइएको छ । केहि समय अगाडी परिचयात्मक कार्यक्रममा प्रहरी नायब उपरिक्षक गंगा पन्तले प्रहरी र नागरिक विचको सम्बन्ध नङ र मासु सरह भएको भन्दै नागरिक र प्रहरी समाजका विम्ब भएको बताएकी थिइन ।

सो कार्यक्रममा उनले नागरिक पनि एउटा बर्दि विनाको प्रहरी भएका कारण समाजमा के कस्ता घटना घट्छन त्यसको बारेमा जानकार।ी दिनु नागरिकको कर्तव्य भएको उल्लेख गरेकी थिइन् । पन्तले जिल्लाको शान्ति सुरक्षाको नागरिकलाई नै बर्दी विनको प्रहरीको रुपमा परिचालन गरी शान्ति सुरक्षालाई मजबूत बनाउने बताएकी थिइन । नेपाल प्रहरीले केहि बर्ष अगाडी मात्रै प्रहरी र नागरिक विचको सम्बन्ध निकट र सकरात्मक बनाउनको लागि मुस्कानसहितको प्रहरी सेवा भन्ने अभियाननै चलाएको थिए । मुस्कान सहितको प्रहरी सेवाका कारण नागरिक र प्रहरी विचको सम्बन्धमा सकारात्मक प्रभाव परेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनिल पौडेलविरुद्ध भ्रष्टाचारको अर्को मुद्दा काठमाडौँको टुसालमा बसको ठक्करबाट बृद्धाको मृत्यु लामिछानेको कसुरमा संलग्नता नरहेको अहिले नै भन्न सकिने अवस्था रहेन: चितवन जिल्ला अदालत डब्ल्यूएचओबाट बाहिरिने अर्जेन्टिनाको घोषणा रवि लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्न चितवन जिल्ला अदालतको आदेश कांग्रेसको प्रतिक्रिया- फेरि प्रधानमन्त्री हुन नसक्ने बुझेर प्रचण्ड बोलेका हुन् भारतमा वायुसेनाको विमान दुर्घटना कुरुवा बसेका व्यक्ति नै अस्पतालको शौचालयमा मृत फेला प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ: गृहमन्त्री लेखक भेरी नदीमा बेपत्ता दुईमध्ये एकको शव फेला चितवन जिल्ला अदालतमा रविको थुनछेक बहस सकियो रविबारे प्रचण्डले भने- हिजो प्रधानमन्त्री अफर गरेकाहरू न्यायपालिकालाई धम्क्याएर सडाइछाड्ने षड्यन्त्रमा छन् कांग्रेसलाई प्रचण्डको प्रश्नः ओलीजीसँग सत्ता सहकार्यमा मात्रै हुनुहुन्छ कि राजनीतिक दृष्टिकोण नै परिवर्तन गरेको ? गृहमन्त्रीले अन्तर्जातीय विवाह तोड्न निर्देशन दिएर राज्यशक्ति दुरूपयोग गरेको सांसद नेपालीको आरोप अध्यक्ष प्रचण्डले सदनमा प्रधानमन्त्री ओलीलाई खोजेपछि… वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ प्रतिनिधिसभाको बैठक सुरु : अध्यादेश प्रस्तुत नगरिने ओली–देउवासँग उपेन्द्रले मागे मधेशको मुख्यमन्त्री ट्रम्पको धम्कीपछि मेक्सिकोले अमेरिकी सीमामा खटायो १० हजार सेना तरबारले केक काटेको भिडिओ सामाजिक सञ्जालमामा राख्ने ७ जना पक्राउ