२९ माघ २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बालकलाई पशु बनाउने यो कस्तो महोत्सव

१६ भाद्र २०७२, बुधबार ०७:२७

unnamed (3)

भदौ १६, पर्वत । सामाजिक परीर्वतनका लागी नयाँ पाईला नेपालको नयाँ पाइला होकी ? यो तस्वीरमा तपाईले के देख्नुभएको छ ? एक जना युवकले दुइ बालकलाई गोरु बनाएर जुवामा नार्दे छन् भने पछाडी खुट्टा मात्रै देखिएका युवकले हलो समातेर जोतिरहेको देखाइएको छ । बालकहरु हाँसी रहेका छन् उनीहरुलाई थाहा छैन कि उनीहरुमाथि कत्ति अमानविय व्यवहार भएको छ ।

यो दृष्य रानीपानीमा भएको रोपाइजात्रा महत्सवको दृष्य हो यो । महत्वसवका नाममा बालबालिकालाई पशुव्यवहार गरिएको छ । रानीपानीको पोखराचौरमा आयोजना गरिएको तीन दिने रोपाइजात्रा महोत्सवमा बालबालिकालाई पशु्व्यवहार गरीएको दृष्यि हो यो । बालबालिकालाई कुनै पनि शारिरिक तथा मानसिक रुपमा असर पुग्ने कार्य गर्नु बालअधिकारको हनन हुनु हो ।

अन्तरीम संविधानमा पनि बालकालिकालाई कुनै पनि आन्दोलन समारोह तथा घरेलु काममा लगाउन्ु गैरकानूनी तथा बालअधिकार सम्बनधी नियममा पनि गैरकानूनीको रुपमा लिने गरिन्छ । तर संस्कृती तथा जात्रा वा पर्वका नाममा खुलेआम बालबालिकालाई पशु बनाएर पर्वतको ढोङ रच्नु आफैमा गलत हो । समाजिक परिर्वतनकोअ अभियानका लागि नयाँ पाइला नेपालले आयोजना गरेको महोत्सवमा बालकलाई पशु बनाएर रोपाइजात्रा महत्सव सम्पन्न भएको र समाजमा नयाँ अभियान र नयाँ पाइला चालेको भन्नु कत्तिको युक्ति संगत हो ।

कार्यक्रमका प्रमुख अतिथी एवम मुख्य प्रायोजक बनेका चुण्डामणी पौडेलले बालकमाथि पशु व्यवहार गरेर महत्सव सफल भएको बताउनु कत्तिको सान्र्दभिक हो । पर्व तथा महोतसवका नाममा बालबालिकालाई अमानवीय व्यवहार गर्नु तथा बालअधिकार सन्धिमाथि नै प्रश्न चिन्ह उठ्ने गरी महोत्सव गर्नु कत्तिको उपयुक्त हो ।

कार्यक्रममा सहयोग गर्ने चन्दादाता, शुभचिन्तक तथा अन्य विशिष्ट व्यक्तिलाई सम्मान गर्न सक्ने आयोजकले किन बालकालिलाई सम्मान तथा उनीहरुको अधिकारको रक्षा गर्न सकेन । बालकलाई पशुव्यवहार गरी महोत्सव बनाउदाँ स्थानिय प्रशासन तथा मानबअधिकारकर्मी तथा बालबालिकाको हक अधिकारको लागि आवाज उठाउने निकायको आँखा महोत्सव स्थलमा कुन कुनामा सम्मान थापेर बसेका थिए ।

संस्थाका अध्यक्ष गुणबहादुर सु्नारले महोत्सवमा बालबालिकालाई गोरु बनाउँदा किन आँखामा पट्टि बानेर बसे । स्थानिय राजनीतिक दल, कलाकार, सुरक्षाकर्मी किन बालकलाई पशु बनाउँदा दर्शक बनेर उभिए । कार्यक्रमको मुख्य प्रायोजक बनेका लक्ष्मी प्रसाद पौडेल, अन्य सहयोगीहरु बिनोद क्षेत्री, जीवन क्षेत्री, सोमनाथ पराजुली, कमल पराजुली, तुलसी पराजुली, नबिन पराजुली, सुरज क्षेत्री,सफल परियार,शिव पराजुली लोकबन्धु पराजुली, सचित्रा शर्माले किन बालबालिलाई महोत्सवमा अपमान गर्दा त्यसको विरोध गर्न सकेनन् ।

के उनीहरुको सहयोग बालकमाथि अपमान गर्नु हो । महोत्सवमा कलाकारको प्रस्तुती तथा स्थानिय भेषभुषा, झाँकी प्रदर्शन गर्नु आफैमा खुसिको कुरा हो तर बालकालिका माथि कस्तो व्यवहार गर्नुपर्छ भन्ने कुरानै विर्सेर बालअधिकार नै हनन हुने गरी क्रियाकलाप गर्दा किन कोहीका आँखा बालकमाथि गरिएको व्यवहारमा पुग्न सकेनन् ।

स्थानिय सरोकारवाला निकायले यसबारेमा विशेष ध्यान दिनु जरुरी छ । बालकमाथि भएको त्यो क्रियाकलाप अमानिवय र बालअधिकार विपरित छ त्यसैले बालकमाथि भएको अमानविय तथा पशु व्यवहार गर्नै आयोजकमाथि कार्वाही गरिनु आवश्यक छ अन्यथा यसरीनै बालबालिका माथि अमानविय व्यवहार तथा बालअधिकार हनन नहोला भन्न सकिदैन ।

त्यसले यस तर्फ सवैले ध्यान दिनु जरुरी र आवश्यक छ ।भने बालकमाथि अमानविय व्यवहार किन गरियो यसको बारेमा सामाजिक परीर्वतनका लागी नयाँ पाईला नेपालले जवाफ दिनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कार्यसूचीबाट भ्रष्टाचारसम्बन्धी विधेयक हटाइएकोमा संसदमा लफडा एमाले सांसदलाई उन्मुक्ति दिएकोमा रास्वपाले संसदमै गर्‍यो विरोध एकीकृत समाजवादी र नेकपासँग एकता गर्न छलफल भइरहेको छ: प्रचण्ड चाबहिलमा २३ वर्षीय युवकको हत्या: चोरीको मोबाइल लिन भएको थियो दुई समूहबीच झडप होटलमा बोलाएर पत्रकार ललितबहादुर सिंहमाथि चक्कु प्रहार विश्वमै कम भ्रष्टाचार हुने मुलुक डेनमार्क, धेरै हुनेमा दक्षिण सुडान इजरायली बन्धकहरुको रिहाइ रोक्ने हमासको निर्णयपछि ट्रम्पले दिए कडा चेतावनी अमेरिकामा एक निजी विमान अर्को विमानसँग ठोक्किँदा दुर्घटना, एकको मृत्यु तीन घाइते कमलपोखरीको सानदार मम पसलमा आगलागी हुँदा घाइते भएका २ जनाको मृत्यु आज पनि बढ्यो सुनको मूल्य, तोलाको १ लाख ७० हजारभन्दा माथि डा. बाबुराम भट्टराईको नेसपाको महाधिवेशन आज सकिँदै आज तीन संसदीय समितिको बैठक बस्दै मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृ-त्यु धरहरा चढ्ने समय बढ्यो, हालसम्म १ करोड ५२ लाख राजस्व सङ्कलन प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची ! यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर मौसम :उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना गाडीसँग मोटरसाइकल ठोक्किँदा पछाडि बस्ने युवकको मृत्यु, चालक घाइते बालेनको स्वरमा फिल्म ‘लाज शरणम्’को गीत ‘नेपाल हाँसेको’(भिडियोसहित) प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा, पदमुक्त गर्नसमेत माग