2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बालकलाई पशु बनाउने यो कस्तो महोत्सव

unnamed (3)

भदौ १६, पर्वत । सामाजिक परीर्वतनका लागी नयाँ पाईला नेपालको नयाँ पाइला होकी ? यो तस्वीरमा तपाईले के देख्नुभएको छ ? एक जना युवकले दुइ बालकलाई गोरु बनाएर जुवामा नार्दे छन् भने पछाडी खुट्टा मात्रै देखिएका युवकले हलो समातेर जोतिरहेको देखाइएको छ । बालकहरु हाँसी रहेका छन् उनीहरुलाई थाहा छैन कि उनीहरुमाथि कत्ति अमानविय व्यवहार भएको छ ।

यो दृष्य रानीपानीमा भएको रोपाइजात्रा महत्सवको दृष्य हो यो । महत्वसवका नाममा बालबालिकालाई पशुव्यवहार गरिएको छ । रानीपानीको पोखराचौरमा आयोजना गरिएको तीन दिने रोपाइजात्रा महोत्सवमा बालबालिकालाई पशु्व्यवहार गरीएको दृष्यि हो यो । बालबालिकालाई कुनै पनि शारिरिक तथा मानसिक रुपमा असर पुग्ने कार्य गर्नु बालअधिकारको हनन हुनु हो ।

अन्तरीम संविधानमा पनि बालकालिकालाई कुनै पनि आन्दोलन समारोह तथा घरेलु काममा लगाउन्ु गैरकानूनी तथा बालअधिकार सम्बनधी नियममा पनि गैरकानूनीको रुपमा लिने गरिन्छ । तर संस्कृती तथा जात्रा वा पर्वका नाममा खुलेआम बालबालिकालाई पशु बनाएर पर्वतको ढोङ रच्नु आफैमा गलत हो । समाजिक परिर्वतनकोअ अभियानका लागि नयाँ पाइला नेपालले आयोजना गरेको महोत्सवमा बालकलाई पशु बनाएर रोपाइजात्रा महत्सव सम्पन्न भएको र समाजमा नयाँ अभियान र नयाँ पाइला चालेको भन्नु कत्तिको युक्ति संगत हो ।

कार्यक्रमका प्रमुख अतिथी एवम मुख्य प्रायोजक बनेका चुण्डामणी पौडेलले बालकमाथि पशु व्यवहार गरेर महत्सव सफल भएको बताउनु कत्तिको सान्र्दभिक हो । पर्व तथा महोतसवका नाममा बालबालिकालाई अमानवीय व्यवहार गर्नु तथा बालअधिकार सन्धिमाथि नै प्रश्न चिन्ह उठ्ने गरी महोत्सव गर्नु कत्तिको उपयुक्त हो ।

कार्यक्रममा सहयोग गर्ने चन्दादाता, शुभचिन्तक तथा अन्य विशिष्ट व्यक्तिलाई सम्मान गर्न सक्ने आयोजकले किन बालकालिलाई सम्मान तथा उनीहरुको अधिकारको रक्षा गर्न सकेन । बालकलाई पशुव्यवहार गरी महोत्सव बनाउदाँ स्थानिय प्रशासन तथा मानबअधिकारकर्मी तथा बालबालिकाको हक अधिकारको लागि आवाज उठाउने निकायको आँखा महोत्सव स्थलमा कुन कुनामा सम्मान थापेर बसेका थिए ।

संस्थाका अध्यक्ष गुणबहादुर सु्नारले महोत्सवमा बालबालिकालाई गोरु बनाउँदा किन आँखामा पट्टि बानेर बसे । स्थानिय राजनीतिक दल, कलाकार, सुरक्षाकर्मी किन बालकलाई पशु बनाउँदा दर्शक बनेर उभिए । कार्यक्रमको मुख्य प्रायोजक बनेका लक्ष्मी प्रसाद पौडेल, अन्य सहयोगीहरु बिनोद क्षेत्री, जीवन क्षेत्री, सोमनाथ पराजुली, कमल पराजुली, तुलसी पराजुली, नबिन पराजुली, सुरज क्षेत्री,सफल परियार,शिव पराजुली लोकबन्धु पराजुली, सचित्रा शर्माले किन बालबालिलाई महोत्सवमा अपमान गर्दा त्यसको विरोध गर्न सकेनन् ।

के उनीहरुको सहयोग बालकमाथि अपमान गर्नु हो । महोत्सवमा कलाकारको प्रस्तुती तथा स्थानिय भेषभुषा, झाँकी प्रदर्शन गर्नु आफैमा खुसिको कुरा हो तर बालकालिका माथि कस्तो व्यवहार गर्नुपर्छ भन्ने कुरानै विर्सेर बालअधिकार नै हनन हुने गरी क्रियाकलाप गर्दा किन कोहीका आँखा बालकमाथि गरिएको व्यवहारमा पुग्न सकेनन् ।

स्थानिय सरोकारवाला निकायले यसबारेमा विशेष ध्यान दिनु जरुरी छ । बालकमाथि भएको त्यो क्रियाकलाप अमानिवय र बालअधिकार विपरित छ त्यसैले बालकमाथि भएको अमानविय तथा पशु व्यवहार गर्नै आयोजकमाथि कार्वाही गरिनु आवश्यक छ अन्यथा यसरीनै बालबालिका माथि अमानविय व्यवहार तथा बालअधिकार हनन नहोला भन्न सकिदैन ।

त्यसले यस तर्फ सवैले ध्यान दिनु जरुरी र आवश्यक छ ।भने बालकमाथि अमानविय व्यवहार किन गरियो यसको बारेमा सामाजिक परीर्वतनका लागी नयाँ पाईला नेपालले जवाफ दिनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक