2026-09-13 01:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

जनकपुरमा होली भोलि मनाइने

जनकपुरधाम, १८ फागुन | सद्भाव, उमंग, प्रसन्नता र रङको पर्व होरी(होली) जनकपुरधाम क्षेत्रमा भोलि मनाइने भएको छ । 

मिथिलाञ्चलको महाकुम्भ मानिएको १५ दिने मिथिला माध्यमिकी परिक्रमा सकिएको भोलिपल्ट यसक्षेत्रमा होली मनाइने परम्परा छ । 

माध्यमिकी परिक्रमाको अन्तिम दिन आज लाखौँ श्रद्धालुले जनकपुरधामको पाँच कोसको परिक्रमा सम्पन्न गरेका र सोहीअनुसार यस क्षेत्रमा होरी भोलि मनाइने भएको हो ।पन्ध्रदिने परिक्रमा नेपालको १०८ किलोमिटर तथा भारतको २७ किलोमिटर पैदल यात्रामा लाखौँ साधु सन्त, गृहस्थ तथा श्रद्धालुको सहभागिता थियो । 

मिथिला माध्यमिकी परिक्रमालाई नेपाल भारतको सांस्कृतिक सेतु पनि मानिएको छ । सन् १८१६ मा भएको सुगौली सन्धिले प्राचीन मिथिलालाई नेपाल र भारत गरी दुई चिरामा विभाजित गरे पनि नेपाल र भारत मैत्रीको प्रतीक मिथिला परिक्रमामा भने कुनै आँच आएको छैन । 

यो धार्मिक यात्राबाट सतकर्म, पाप तथा अन्य कष्टबाट मुक्ति पाउनाका साथै मनोकाञ्छित फल प्राप्त हुने जनविश्वास छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन