2026-09-19 12:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङको दुर्गम क्षेत्रमा सामुदायिक स्वास्थ्य एकाइ प्रभावकारी बन्दै

फागुन १८, बागलुङ | स्वास्थ्य सेवाको पहुँच बढाउन तमानखोला गाउँपालिका–२ बोङ्खानीमा खोलिएको सामुदायिक स्वास्थ्य एकाइ प्रभावकारी बनेको छ । सहज रुपमा स्वास्थ्य सेवा पाउनबाट वञ्चित सर्वसाधारणलाई लक्षित गरी अघिल्लो महिना एकाइ सञ्चालनमा ल्याइएको थियो । 

उक्त सामुदायिक स्वास्थ्य एकाइबाट बोङ्खानीका ७०० घरधुरीले प्रत्यक्ष लाभ लिइरहेका छन् । सरकारले प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीको पहुँच बाहिर रहेका क्षेत्रमा स्वास्थ्य एकाइ स्थापना गर्दै आएको छ । यस्ता एकाइहरु साविकमा रहेका स्वास्थ्य संस्थामा आउन टाढा हुने र ठूलो भूगोलमा बसोबास गर्ने सर्वसाधारणलाई लाभदायी बन्ने गरेको छ । बोङ्खानीमा एकाइ स्थापनाका लागि अघिल्लो आवमै स्वास्थ्य मन्त्रालयले स्वीकृति दिएको थियो ।

स्वास्थ्य एकाइ सञ्चालनमा आएपछि बोङ्खानी र आसपासका क्षेत्रका बासिन्दा हर्षित छन् । दुर्गमका बासिन्दालाई एकाइले ठूलो राहत दिएको चर्चा गर्दै तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले भन्नुभयो, “ठूलो र विकट भूगोल भएका कारण साविकका स्वास्थ्य संस्थामा सबैको पहुँच थिएन यस इकाइको स्थापनाले स्वास्थ्य सेवा पाउनबाट कोही पनि वञ्चित हुनु पर्दैन ।” 

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार सामुदायिक स्वास्थ्य एकाइ स्वास्थ्य चौकीको सानो रुप हो । एकाइमा एकजना अहेब र एकजना अनमी गरी दुईजना स्वास्थ्यकर्मी रहने व्यवस्था गरिएको छ । स्वास्थ्यचौकीले दिने प्रायः सबै सेवा एकाइबाट प्रदान हुने बोङ्गादोभान स्वास्थ्य चौकीका प्रमुख जीवनकुमार थापाले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता