2026-07-03 05:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सङ्खुवासभा - SKW

चैनपुरे करुवा सङ्कटमा

योगेन्द्र योगी/बैशाख २४, संखुवासभा
संखुवासभा भौगोलिक विविधताले भरिएको जिल्ला हो ।

यहाँ २८ प्रजातिका लालीगुराँस फुल्ने मिल्के जल्जलेदेखि विश्वको होचो अरुण उपत्यका अवस्थित छ
। मकालु हिमाल आरोहणका लागि आउनेलाई चैनपुरको करुवाले आकर्षित गर्ने गरेको छ ।

देश तथा विदेशमा सय वर्ष अघिदेखि करुवाका लागि प्रसिद्धि कमाएको पूर्वी पहाडी बजार
चैनपुरले पहिचान गुमाउँदै जान थालेको छ । यहाँका व्यवसायीले ४ पुस्तादेखि करुवा बनाउने गरेका भए पनि यति
बेला कच्चा पदार्थ अभावका कारण करुवा लोप हुने अवस्थामा पुगेको छ । देश–विदेशमा कमाएको नाम चैनपुरले
गुमाउँदै गएको छ । करुवा बनाउने पेसा सङ्कटमा परेको स्थानीय व्यवसायीहरु बताउँछन् । कुनै समय सीताराम
बरालले लेखेको ‘करुवाले धानेको चैनपुरको इज्जत’ नरहने भएको छ ।

चैनपुरको इज्जत धान्ने करुवा बन्न छाडेपछि हस्तकला व्यवसाय नै लोप हुन लागेको पदम कुमार
शाक्यले बताए । अहिले आवश्यक कच्चा पदार्थ र युवा जनशक्ति विदेश जान थालेपछि करुवा बनाउने पेशा लोप
हुँदै गएको स्थानिय बताउछन्। उपत्यकाको नाकबहालबाट चैनपुर आएर करुवा बनाउन शुरु गरेका शाक्यहरु सबैले
अहिले पेशा छाडिसकेका छन् । केही समयअघि १२ वटा पसलले करुवा निर्माण गरिरहेका भए पनि कच्चा पदार्थ
अभावले हाल तीन चार जनाले मात्र करुवा बनाउने गरेकोउनी बताउँछन् ।

‘करुवा निर्माणका लागि कोइला, काँस, धातु, मैन, माटो, भुसलगायतका कच्चा पदार्थको आवश्यकता
पर्छ’ शाक्यले भने तर अहिले कोइला पाईदैन जिबिस संग पनि कोइलाको बारेमा धेरै पल्ट कुरा गरिसकेको कसैले
पनि वास्ता नगएको उनले गुनासो गरे ।

अरु कुरा सहज भपनि कोइलाको
अभावले सय वर्षदेखिको प्रसिद्धी सङ्कटमा परेको व्यवसायीहरु बताउँछन् । स्थानीय स्तरमा कोइला नपाइने
भएपछि हाल व्यवसायीहरुले धरानबाट मगाउने गरेको स्थानीय बताउछन् । धातु पगाल्नुपर्ने भएकोले कोइला आवश्यक
हुन्छ तर त्यस्तो कोइला बनाउने जनशक्ति छैन ।

युवाले देश
छाडेपछि गाउँमा कोइला पाइन छाडेको पदम कुमार शाक्य बताउछन् । सामुदायिक वनहरुले जङ्गलमा पस्न नदिने
भएपछि कोइला अभावले व्यवसाय सङ्कटमा परेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक