2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कुलो बगाएपछि धानबाली सुक्न थाल्यो, कृषक चिन्तीत

महेन्द्र के.सी/भदौ १९, पर्वत । धानखेती सुक्न थालेपछि कृषक चिन्तीत भएका छन् । अविरल बर्षाका कारण कुलो बगाएपछि धानबालीमा प्राप्त मात्रमा पानी नभएपछि धान फुल्नेबेलामा धान सुक्न थालेपछि लिमिठाना ४ छविसेका कृषक चिन्तीत भएका हुन् ।

भदौ १३ गते सोमवार राति आएको भिषण पानीका कारण लमाय खोलाले लिमिठाना ४ छविसे फाँटमा सिँचाइ हुँदै आएको कुलोको वाँध वगाए पछि फाँटमा धान सुक्दै गएको हो ।

करीव १ सय ५० रोपनी खेतमा सिँचाई हुँदै आएको कुलोको वाँधसँगै सिँचाईको पाइप वगाएपछि धान सुक्न सुरु भएसँगै किसान हरु चिन्तित भएका हुन् । सिँचाइको अन्य स्रोत नभएको र वाँध वनाउन १५ वटा जाली र केहि पाइप आवश्यक हुने कृषक निर्मला भुसालले बताइन् ।

फाँटमा देविस्थान ७ निवासी कपिलामणि भुसाल ,अर्जुन भुसाल, विक्रम भुसाल, दिपक भुसाल, ,दयाराम भुसाल, विजय भुसाल, र खानिगाउका केही कृषकहरुले रोपाई गरेका थिए । करीव १२ वर्ष देखि वाँझै रहेको आधा फाँटमा यो वर्ष रोपाई गरीएको थियो । साडे २ किलोमिटर लामो कुलोको वाँध लिमिठाना २ चनौटेको पुछारमा पर्छ ।

अविरल बर्षाका कारण धानबाली फुल्नेबेलमा सुक्न थालेपछि कृषकहरुको बर्षाभरीको मेहनत बालुवामा पानी सरह बन्न पुगेको छ । खेतमानै धान सुकेर मर्न थालेपछि धान उत्पादन नहुने भन्दै कृषक चिन्तीत भएका हुन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक