सीता पुरी । फाल्गुण २०, रामेछाप ।

रामेछाप नगरपालीकाको मुराजोरमा एक वालिका लडेर गम्भीर घाइते भएकि छिन् । शनिबार दिउँसो २ बजेतिर खेल्दै गर्दा घरको वारदलिबाट लडेर २ वर्षकि निकिता हायु गम्भीर घाइते भएकि हुन् ।

बालिकाको रामेछाप जिल्ला अस्पतालमा उपचार सम्भव नभए पछि थप उपचारका लागि काठमाडौ लगिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

केही समय बेहोस भएकि बालिकाको पछि होस् खुलेको छ । अभिभावक पुनःनिर्माणको काममा ब्यस्त भएको बेला सो घटना हुन पुगेको बताइएको छ ।

रामेछाप नगरपालीकामा एक वालिका लडेर गम्भीर घाइते