फागुन २० रसुवा | जिल्लाका भूमिअधिकारबाट बञ्चितहरुले भूमि सम्मेलन गरी आफ्ना जयज मागहरु जारी रहेको र पूरा गर्न दवावमुलक अभियानमा साथ दिन आग्रह गरेका छन् ।

कालिका गाउँ पालिकाको बिभिन्न टोल, र वडा संगठनको सम्मेलन गरी कालिका गाउँ पालिकाको सम्मेलनमा भूमिघरमा सहभागीहरुले बिर्ता, गुठी, भूमिहीन, सुकुमवासी, बिस्थापन, जोखिमयुक्त बस्ती जस्ता समस्या समाधान गर्न सम्बन्धित सरोकारवालाहरुले माग गरेका थिए ।

कालिका गाउँ पालिका वडा नं ३ का वडा भूमिअधिकार मञ्चका अध्यक्ष नीलकुमारी खतिवडाले बिर्ता समस्या समाधानका लागि बर्षौदेखि भएको भूमि अभियान सफलपार्न सवैको साथ र सहयोग आवश्यक रहेको बताईन् ।

कालिका गाउँ पालिका वडा नं २ वडा भूमिअधिकार मञ्चका अध्यक्ष कृष्णबहादुर मोक्तानले अव स्थानीय तहले आफ्ना जायज मागहरुको सम्बोधन गर्ने बताए । गाउँपालिका भरीका सहभागि भएको सम्मेलनबाट खिलप्रसाद आचार्यको अध्यक्षतामा कालिका गाउँ पालिका भूमिअधिकार मञ्च गठन भएको हो । राष्ट्रिय भूमिअधिकार मञ्चको ०७४ कार्तिकमा भएको बिधान शंसोधन पछि संगठन नयाँ संरचनामा जानुपर्ने व्यवस्थापछि टोल, वडा र गाउँ पालिका पछि जिल्ला सम्मेलन गरिने जिल्ला भूमिअधिकार मञ्चका सचिव हेमनाथ खतिवडाले बताए । उत्तरगया आमाछोदिङमो र नौकुण्डमा पनि सम्मेलन तयारी गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय भूमिअधिकार मञ्चका पूर्व केन्द्रिय सदस्य तथा कालिका गाउँ पालिका उपाध्यक्ष भवानी न्यौपाने, भूमि अभियानकर्मी विश्वास नेपालीले आफ्नो धारणा राखेका थिए ।

रसुवामा भूमि सम्मेलन सम्पन्न