२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सङ्खुवासभा - SKW

चैनपुरे करुवा सङ्कटमा

२०७३, २४ बैशाख शुक्रबार ०५:४७

योगेन्द्र
योगी/बैशाख २४, संखुवासभा ।
संखुवासभा भौगोलिक विविधताले भरिएको जिल्ला हो ।

यहाँ २८ प्रजातिका लालीगुराँस फुल्ने मिल्के जल्जलेदेखि विश्वको होचो अरुण
उपत्यका अवस्थित छ । मकालु हिमाल आरोहणका लागि आउनेलाई चैनपुरको करुवाले आकर्षित गर्ने गरेको छ

देश तथा विदेशमा सय वर्ष अघिदेखि करुवाका लागि प्रसिद्धि कमाएको
पूर्वी पहाडी बजार चैनपुरले पहिचान गुमाउँदै जान थालेको छ । यहाँका व्यवसायीले ४ पुस्तादेखि करुवा
बनाउने गरेका भए पनि यति बेला कच्चा पदार्थ अभावका कारण करुवा लोप हुने अवस्थामा पुगेको छ । देश–विदेशमा
कमाएको नाम चैनपुरले गुमाउँदै गएको छ । करुवा बनाउने पेसा सङ्कटमा परेको स्थानीय व्यवसायीहरु बताउँछन् ।
कुनै समय सीताराम बरालले लेखेको ‘करुवाले धानेको चैनपुरको इज्जत’ नरहने भएको छ ।

चैनपुरको इज्जत धान्ने करुवा बन्न छाडेपछि हस्तकला व्यवसाय नै लोप हुन लागेको पदम
कुमार शाक्यले बताए । अहिले आवश्यक कच्चा पदार्थ र युवा जनशक्ति विदेश जान थालेपछि करुवा बनाउने पेशा
लोप हुँदै गएको स्थानिय बताउछन्। उपत्यकाको नाकबहालबाट चैनपुर आएर करुवा बनाउन शुरु गरेका शाक्यहरु
सबैले अहिले पेशा छाडिसकेका छन् । केही समयअघि १२ वटा पसलले करुवा निर्माण गरिरहेका भए पनि कच्चा पदार्थ
अभावले हाल तीन चार जनाले मात्र करुवा बनाउने गरेकोउनी बताउँछन् ।

‘करुवा निर्माणका लागि कोइला, काँस, धातु, मैन, माटो, भुसलगायतका कच्चा पदार्थको आवश्यकता
पर्छ’ शाक्यले भने तर अहिले कोइला पाईदैन जिबिस संग पनि कोइलाको बारेमा धेरै पल्ट कुरा गरिसकेको कसैले
पनि वास्ता नगएको उनले गुनासो गरे ।

अरु कुरा सहज भपनि कोइलाको
अभावले सय वर्षदेखिको प्रसिद्धी सङ्कटमा परेको व्यवसायीहरु बताउँछन् । स्थानीय स्तरमा कोइला नपाइने
भएपछि हाल व्यवसायीहरुले धरानबाट मगाउने गरेको स्थानीय बताउछन् । धातु पगाल्नुपर्ने भएकोले कोइला आवश्यक
हुन्छ तर त्यस्तो कोइला बनाउने जनशक्ति छैन ।

युवाले देश छाडेपछि
गाउँमा कोइला पाइन छाडेको पदम कुमार शाक्य बताउछन् । सामुदायिक वनहरुले जङ्गलमा पस्न नदिने भएपछि कोइला
अभावले व्यवसाय सङ्कटमा परेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ