2026-09-18 05:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

हरितालिका तीजको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

भदौ , कुश्मा, पर्वत । नेष्डो सुचना विभाग÷महिलाहरुको महान पर्व हरितालिका तिजका अवसरमा रोटरी क्लव अफ पर्वत एवम् इनरह्वील क्लव अफ पर्वतद्वारा पर्वत सदरमुकाम कुश्मावजारमा शनिवार विविध क्रियाकलाप सहित तिज विशेष शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरियो ।

क्लवका सदस्यहरु र जिल्लामा रहेका सरकारी तथा गैर सरकारी निकायका महिला प्रमुखहरु, महिला सञ्चारकर्मी लगायत सामाजिक क्षेत्रमा नेतृत्वदायी भुमिकामा रहेका महिला दिदी वहिनी विच संस्थागत सदभाव एवम् आत्म सम्मानमा अभिवृद्धि गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा हालै मात्र विभिन्न जिम्मेवारी वहन गर्नु भएका रोटरी अभियानमा संलग्न व्यक्तित्वहरुलाई क्लवको तर्फवाट सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेमा डेमाक्याटिक लयर्स एशोसिएसन, पर्वतको दोश्रो अधिवेशनवाट अध्यक्ष चयन हुनु भएकोमा क्लवका संस्थापक अध्यक्ष, अधिवक्ता रो.विश्व प्रकाश प्रसाई, डेमोक्याटिक इन्जिनियर्स एशोसिएसन, नेपालको केन्द्रिय सदस्य चयन हुनु भएकोमा रो.रविन्द्र तिवारी, राष्ट्रिय शिक्षा पुरस्कार–२०७१ वाट सम्मानित हुनु भएकोमा क्लवका सचिव रो.रामकृष्ण रेग्मी रहनु भएको छ ।

यसै गरी एसएलसी परिक्षा–२०७१ मा धवलगिरी अञ्चलमा प्रथम तथा राष्ट्रिय स्तरमा छैटौं स्थान हासिल गर्ने पर्वत जिल्ला वाजुङ्ग गाँउ विकास समिति, वडा नं. ४ निवासी गान्धी शर्मा र नीजले अध्ययन गरेको नमुना आवसीय उच्च माध्यामिक विद्यालयलाई समेत क्लवको तर्फवाट सम्मान गरिएको थियो । समाजका हरेक क्षेत्रमा उत्कृष्ठ कार्य गर्ने सदस्यहरुलाई सम्मान गरी प्रोत्साहित गर्ने रोटरी परम्परा रँहदै आएको छ ।

कार्यक्रममा शुभकामना व्यक्त गर्दै प्रहरी नायव उपरिक्षक गंगा पन्तले तीज भडकिलो हँुदै आएको भन्ने सन्दर्भमा तीज भडकिलो भएको नभई महिलाहरुको क्रियाशिलतामा वृद्धि भएको वताउनु भयो । यस किसिमका तीज विशेष कार्यक्रम शहरवजारदेखि ग्रामीण क्षेत्रसम्म र सम्पन्न परिवारका विचवाट विपन्न परिवारसम्म पु¥याउन सवैले पहल गर्नुपर्नेमा उहाँले जोड दिनु भयो । कार्यक्रममा रोटरी क्लव अफ पर्वतका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईले रोटरी, इनरह्वीलमा परिवारको उच्च महत्व हुने हुँदा धार्मिक विश्वास वोकेको महिलाहरुको महानपर्व तिजका अवसरमा आयोजित कार्यक्रम औचित्यपुर्ण रहेको वताउदै कार्यक्रमले महिलाहरुको आत्माविश्वासमा वृद्धि हुने वताउनु भयो । कार्यक्रममा रोटरी क्लव अफ पर्वतका पुर्व अध्यक्ष रो. शिव प्रसाद शर्मा, महिला सञ्चारकर्मी मायाँ अधिकारी लगायतले महिलाहरुको विद्यमान अवस्था र तीज पर्वको वारेमा आफ्नो धारणा राख्नु भएको थियो । शुभकामना आदान प्रदानसंगै विविध मनोरन्जनात्मक कार्यक्रम सहित आपसमा खुशी वाँडदै दर समेत खुवार्ईएको थियो ।

कार्यक्रम रोटरी क्लव अफ पर्वतका अध्यक्ष गणेश वहादुर क्षेत्रीको अध्यक्षता, इनरह्वील क्लव अफ पर्वतका संस्थापक अध्यक्ष लक्ष्मी कुमारी मेधासीको स्वागत एवम् सचिव रामकृष्ण रेग्मीको सञ्चालनमा सम्पन्न भएको क्लवका नि.वर्तमान अध्यक्ष प्रेम प्रसाद पौडेलले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई सरकार कानमा तेल हालेर आँखामा पट्टि बाँधेर बसेको छ : सांसद थपलिया