३ माघ २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

हाईड्रोपावरमा मजदुरको चरम श्रम शोषण, मजदुरहरु पाँच दिनदेखि धर्नामा

६ आश्विन २०७२, बुधबार ०७:५०

असोज ६, पर्वत । पर्वतको तल्लो मोदीखोला हाईड्रोपावर कम्पनिमा कार्यरत मजदुरहरुलाई सेवासुविधा नदिई चरम श्रमशोषण गर्दै आएको खुलासा भएको छ ।

hidropower
प्रशासनिक काम रोकिएको छ । कम्पनिले खासगरी तल्लो ओहोदामा कार्यरत कर्मचारीहरुलाई थोरै रकम दिई काममा खटाउदै आएको आरोप खेपेको छ । मजदुरहरुसँग दुई वर्ष पहिले करारमा सम्झौता गरी २०७२ साउन १ बाट सेवासुविधा वृद्धि गर्ने मौखिक सहमति भए पनि कुनै सुनुवाई नभएको मजदुरहरुको दावी छ । आफ्नो मागको सुनुवाई नभएपछि मजदुरहरु केही दिनदेखि धर्ना र आन्दोलनमा छन् ।
हाईड्रो पावरको सुरुङ खन्ने काम अवरुद्ध छ भने उच्च ओहोदाका कर्मचारीलाई खाना खुवाईने किचेन बन्दछ । हाईडूोपावर कम्पनिले भने मागलाई वेवास्ता गर्दा मजदुरले श्रम र पसीनाको मूल्य पाउन सकेको छैनन् । हाईड्रोपावरको ठेकेदार कम्पनि साउथ एशियान इन्फ्राटक्चर र मनाङ टेूडकम्पनि दुवैले मजदुरहरुलाई न्यून रकममा खटाउदै आएका छन् । ठेकेदारले न्यून ज्यालामा काम गराउने मजदुरको संख्या करीव दुई सयको संख्यामा छ भने मनाङ टूेड लिङ्कमा दर्जन बरावर छन् ।
मजदुरको तलव न्यूनतम ५४०० देखि ११००० रुपैयासम्म रहेको छ । सेक्युरिटी गार्डको बेसिक तलव ५४०० रुपैया भएको मजदुर प्रेम बहादुर क्षेत्रीको भनाई छ । यो न्यून तलव दुई वर्षभन्दा पहिले निर्धारण गरेको सेक्युरिटी गार्ड प्रेम बहादुर क्षेत्री बताउँछन् । उनका अनुसार सेवासुविधाको नाममा केही दिईएको छैन ।
कम्पनिमा सेक्युरिटी ईन्चार्ज भई काम गर्दै आएका हरिनारायण गिरीले आफू ड्युटीमै छदा रातीको समयमा बेहोस् भई लडेको र उपचारको क्रममा दुई लाख खर्च गरेको तर कम्पनिले कुनै आर्थिक सहयोग नगरेको भनी दुःखेसो पोखे । कम्पनिमा एक वर्षदेखिको तलव समेत नपाएको गुनासो गर्ने कर्मचारीको समेत कमि छैन । कम्प्यूटर अपरेटरको रुपमा कार्यरत निरु पोख्रेलले एक वर्षदेखिको तलव नपाएको गुनासो पोख्छिन् । कर्मचारीहरुको तलव कम्पनिका सुरक्षा गार्ड ईन्चार्ज, गार्ड, प्लम्वर, भान्से, किचेन हेल्पर, कम्प्यूटर अपरेटर, अफिस गर्ल, डूाईभर, लगायतका कर्मचारी सेवासुविधा थप गर्नुपर्ने भन्दै धर्ना बसेका छन् ।
मंगलवारका दिन मजदुरहरु, सरोकार समितिका सदस्य, कम्पनिका प्रतिनिधि सुरेन्द्र बेलवासे र डिमुवा प्रहरी चौकीका प्रहरी ईन्चार्ज विच सेवासुविधाको विषयमा वार्ता भएको थियो । धेरैवेरसम्म भएको वार्ता सहमतिमा टुंगिन नसकेको मजदुरहरुको बताउँछन् ।
विगत ४ वर्षदेखि हाईड्रोपावरकर्मचारीहरुले आफ्नो तलव र सेवासुविधा वृद्धिको माग गर्दै पटक पटक निवेदन दिदै आए पनि कम्पनिले कुनै सुनुवाई नगरेको कर्मचारीहरुको गुनासो छ । विगत चार वर्षदेखि मनाङ टूेड लिङ्क कम्पनिको हाईडूोमा काम गर्दै गरेका एक दर्जन कर्मचारीहरु धर्नामा बसेका छन् । मुलुकका धनाढ्यवर्गमा पर्ने ज्ञानेन्द्रलाल प्रधान, पशुपति मुरारका, कुमुद दुगड लगायतको ३ अर्व ६० करोड शुरुवाती लगानीमा हाईडूोपावरको योजना अगाडि बढेको हो ।
अरवौको लगानीमा शुरु गरिन लागेका हाईड्रो कम्पनिमा सामान्य काम गरिखाने मजदुरको तलव भने न्यून छ । कम्पनिले दिएको न्यून तलवबाट सामान्य घरखर्ची धान्न नसकेपछि मजदुरहरु आन्दोलनमा उत्रेका हुन् ।
यतिखेर कम्पनिको क्वार्टरमा भात पकाउन मजदुरले छाडेपछि कम्पनिको उपल्लो ओहोदाका हाकिमहरु होटलमा खाना खान बाध्य भएका छन् । चारवर्षभित्र सम्पन्न भईसक्नुपर्ने बताईएको २० मेघावाट क्षमताको तल्लोमोदी खोला हाईडूोपावर कम्पनि पटक पटक विवादमा मुछिदै आएको छ ।

हाईड्रोपावरले आयोजना ०६८ मा शुरु गरेको हो । यसअघि कम्पनिको सरोकारवाला समितिसँग मुआव्जाको सम्वन्धमा विवाद रहेको थियो । हाईडूोपावरको ५५ प्रतिशत काम पुरा भएको बताइन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सैफ अली खानमाथि चक्कु प्रहार नेपालमा जुनसुकै बेला महाभूकम्प जानसक्छ : वरिष्ठ भूकम्पविद् अधिकारी चलचित्र ‘कार्साङ’ले गर्यो ६ दिनमा एक करोड ४५ लाख ग्रसकलेक्सन आज चारवटा संसदीय समितिको बैठक बस्दै कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु यस्तो छ, बिहीबारको विदेशी मुद्राको विनिमय दर कांग्रेसको संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठक बस्दै आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य आजको मौसमः देशका केही प्रदेशमा वर्षाको सम्भावना रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतले दियो आदेश अदालत परिसरमै वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण प्रयास समाजवादी मोर्चाले काठमाडौंमा माघ १६ गते कार्यक्रम गर्ने गर्यो निर्णय रविको थुनछेक सम्बन्धी सुनुवाइ सकियो, आजै आदेश आउने देशलाई उत्पादन केन्द्रको रुपमा परिणत गर्नुपर्छ : प्रधानमन्त्री ओली आशिका तामाङ पक्राउ ‘वार्मअप’ खेलमा नेपाल अमेरिकासँग पराजित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: रवि पक्षका वकिलको बहस सकियो ट्रम्पलाई पेजेस्कियानको चेतावनीः इरानसँग युद्धको जोखिम नमोल ओलीको कार्यशैलीविरुद्ध आलोचना गर्दै स्टाटस लेखेपछि एमाले नेता कार्की पार्टीबाट निलम्बित रविका वकिलको माग : मुद्दा अगाडि बढाउने आधार छैन, तारेखमा छोड्नुपर्छ