2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

हाईड्रोपावरमा मजदुरको चरम श्रम शोषण, मजदुरहरु पाँच दिनदेखि धर्नामा

September 23, 2015

असोज ६, पर्वत । पर्वतको तल्लो मोदीखोला हाईड्रोपावर कम्पनिमा कार्यरत मजदुरहरुलाई सेवासुविधा नदिई चरम श्रमशोषण गर्दै आएको खुलासा भएको छ ।

hidropower
प्रशासनिक काम रोकिएको छ । कम्पनिले खासगरी तल्लो ओहोदामा कार्यरत कर्मचारीहरुलाई थोरै रकम दिई काममा खटाउदै आएको आरोप खेपेको छ । मजदुरहरुसँग दुई वर्ष पहिले करारमा सम्झौता गरी २०७२ साउन १ बाट सेवासुविधा वृद्धि गर्ने मौखिक सहमति भए पनि कुनै सुनुवाई नभएको मजदुरहरुको दावी छ । आफ्नो मागको सुनुवाई नभएपछि मजदुरहरु केही दिनदेखि धर्ना र आन्दोलनमा छन् ।
हाईड्रो पावरको सुरुङ खन्ने काम अवरुद्ध छ भने उच्च ओहोदाका कर्मचारीलाई खाना खुवाईने किचेन बन्दछ । हाईडूोपावर कम्पनिले भने मागलाई वेवास्ता गर्दा मजदुरले श्रम र पसीनाको मूल्य पाउन सकेको छैनन् । हाईड्रोपावरको ठेकेदार कम्पनि साउथ एशियान इन्फ्राटक्चर र मनाङ टेूडकम्पनि दुवैले मजदुरहरुलाई न्यून रकममा खटाउदै आएका छन् । ठेकेदारले न्यून ज्यालामा काम गराउने मजदुरको संख्या करीव दुई सयको संख्यामा छ भने मनाङ टूेड लिङ्कमा दर्जन बरावर छन् ।
मजदुरको तलव न्यूनतम ५४०० देखि ११००० रुपैयासम्म रहेको छ । सेक्युरिटी गार्डको बेसिक तलव ५४०० रुपैया भएको मजदुर प्रेम बहादुर क्षेत्रीको भनाई छ । यो न्यून तलव दुई वर्षभन्दा पहिले निर्धारण गरेको सेक्युरिटी गार्ड प्रेम बहादुर क्षेत्री बताउँछन् । उनका अनुसार सेवासुविधाको नाममा केही दिईएको छैन ।
कम्पनिमा सेक्युरिटी ईन्चार्ज भई काम गर्दै आएका हरिनारायण गिरीले आफू ड्युटीमै छदा रातीको समयमा बेहोस् भई लडेको र उपचारको क्रममा दुई लाख खर्च गरेको तर कम्पनिले कुनै आर्थिक सहयोग नगरेको भनी दुःखेसो पोखे । कम्पनिमा एक वर्षदेखिको तलव समेत नपाएको गुनासो गर्ने कर्मचारीको समेत कमि छैन । कम्प्यूटर अपरेटरको रुपमा कार्यरत निरु पोख्रेलले एक वर्षदेखिको तलव नपाएको गुनासो पोख्छिन् । कर्मचारीहरुको तलव कम्पनिका सुरक्षा गार्ड ईन्चार्ज, गार्ड, प्लम्वर, भान्से, किचेन हेल्पर, कम्प्यूटर अपरेटर, अफिस गर्ल, डूाईभर, लगायतका कर्मचारी सेवासुविधा थप गर्नुपर्ने भन्दै धर्ना बसेका छन् ।
मंगलवारका दिन मजदुरहरु, सरोकार समितिका सदस्य, कम्पनिका प्रतिनिधि सुरेन्द्र बेलवासे र डिमुवा प्रहरी चौकीका प्रहरी ईन्चार्ज विच सेवासुविधाको विषयमा वार्ता भएको थियो । धेरैवेरसम्म भएको वार्ता सहमतिमा टुंगिन नसकेको मजदुरहरुको बताउँछन् ।
विगत ४ वर्षदेखि हाईड्रोपावरकर्मचारीहरुले आफ्नो तलव र सेवासुविधा वृद्धिको माग गर्दै पटक पटक निवेदन दिदै आए पनि कम्पनिले कुनै सुनुवाई नगरेको कर्मचारीहरुको गुनासो छ । विगत चार वर्षदेखि मनाङ टूेड लिङ्क कम्पनिको हाईडूोमा काम गर्दै गरेका एक दर्जन कर्मचारीहरु धर्नामा बसेका छन् । मुलुकका धनाढ्यवर्गमा पर्ने ज्ञानेन्द्रलाल प्रधान, पशुपति मुरारका, कुमुद दुगड लगायतको ३ अर्व ६० करोड शुरुवाती लगानीमा हाईडूोपावरको योजना अगाडि बढेको हो ।
अरवौको लगानीमा शुरु गरिन लागेका हाईड्रो कम्पनिमा सामान्य काम गरिखाने मजदुरको तलव भने न्यून छ । कम्पनिले दिएको न्यून तलवबाट सामान्य घरखर्ची धान्न नसकेपछि मजदुरहरु आन्दोलनमा उत्रेका हुन् ।
यतिखेर कम्पनिको क्वार्टरमा भात पकाउन मजदुरले छाडेपछि कम्पनिको उपल्लो ओहोदाका हाकिमहरु होटलमा खाना खान बाध्य भएका छन् । चारवर्षभित्र सम्पन्न भईसक्नुपर्ने बताईएको २० मेघावाट क्षमताको तल्लोमोदी खोला हाईडूोपावर कम्पनि पटक पटक विवादमा मुछिदै आएको छ ।

हाईड्रोपावरले आयोजना ०६८ मा शुरु गरेको हो । यसअघि कम्पनिको सरोकारवाला समितिसँग मुआव्जाको सम्वन्धमा विवाद रहेको थियो । हाईडूोपावरको ५५ प्रतिशत काम पुरा भएको बताइन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक